१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

अमेरिका पुगेका बाबुरामलाई ‘गो ब्याक’ भन्दै कालो झण्डा देखाइयो !



काठमाडौँ । 

नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई हत्यारा ‘गो ब्याक’ भन्दै नेपाली युवाहरूले कालो झण्डा लेखाएका छन ।  शनिबार टेक्सास जोनक्रममा अमेरिकामा रहेका केही नेपाली युवाले डा. भट्टराईको बिरोध गरेका हुन् । कालो झण्डा सहित उपस्थित भएका तीन युवाले नेपालीको हत्यारा बाबुराम ‘गो ब्याक’  भन्दै नाराबाजी गरेका थिए ।

डिसी मेट्रो एरियाबाट टेक्सस जाने क्रममा डा भट्टराई र हिसिला यमीको बिरोधमा कालो झण्डा देखाउँदै नेपाली युवाले नाराबाजी सहित प्रदर्शन गरेका हुन । तत्कालिन माओवादी युद्धमा हजारौं नागरिकको मृत्यु भएको भन्दै उनीहरुले डा. भट्टराईविरुद्ध प्रदर्शन गरेको बताएका छन् । उनीहरूकाले तत्काली माओवदीको चनुवा चिन्ह काटिएको पोष्ट समेत बोकेका थिए ।

 

प्रकाशित मिति : ३१ भाद्र २०७५ आइतबार ००:००  ८ : ०५ बजे