१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

पाल्पा नेविसंघलाई चुनावी चटारो



पाल्पा । 

नेपाल विद्यार्थी संघको महाधिवेशन मिति नजिकिदै जादा पाल्पामा चुनावी चटारोले छोएको छ । “जहाँ विद्यार्थी त्यहा नेबिसंघ” अभियानका साथ जिल्लाको निस्ती गाउँपालिकामा रहेको गौरिशंकर माविमा समिति गठन गरिएको छ । उक्त माविको सभापतिमा इन्द्रजित सिंजापति रहनुभएको छ ।

सहिद बहुमुखी क्याम्पसका सभापति दिपक अर्यालको सभापतित्वमा भएको समिति गठन कार्यक्रममा नेबिसंघ केन्द्रिय सदस्य हरिबोल भट्टराई, जिल्ला कार्यबाहक सभापति सुरेश बोहरा, जिल्ला सचिब दिपक पाण्डे, स्वबियु सभापति जीवन तिवारी लगायत बिद्यार्थी नेताहरुले सम्बोधन गर्नुभएको थियो ।

यसैबीच संघियताको मर्म नबुझी केन्द्रका नेता चाकडीमा ब्यस्त भै राख्दा पाल्पामा भने नेविसंघले अभियान जारी राखेको जनाएको छ । देशको समसामयिक राजनैतिक तथा शैक्षिक विषयमा छलफल गर्न दुर दराजमा रहेका गाउँगाउँमा पुगेर बिद्यार्थीको शैक्षिक उन्नती, देशमा बढ्दै गएको नारी हिंसा  प्रती नेबिसंघ पाल्पाले सचेत गराएको छ । उक्त अभियानमा समर्थन गर्न नेविसंघ पाल्पाले सबैमाझ अपिल गरेको छ ।

 

 

प्रकाशित मिति : १ आश्विन २०७५ सोमबार ००:००  ३ : ०७ बजे