१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

नेकपा अर्घाखाँचीमा किचलो



अर्घाखाँची । 

नेकपा अर्घाखाँचीको पार्टी एकतामा किचलो उत्पन्न भएको छ । जिल्ला नेता रामबहादुर चौहानले जिल्ला कार्यदलको प्रतिवेदन नमान्ने भएपछि एकतामा किचलो उपन्न भएको हो ।

पार्टी एकीकरणका क्रममा आफ्नो मान हानी र वरियता मिचेर जिल्ला कार्यदलले नवौं स्थानमा रहेका पिताम्बर भुसाललाई अध्यक्षमा सिफारिस गरेपछि चौहनले कडा आपत्ती जनाउनु भएको छ । एकीकरण प्रक्रिया प्रति असन्तुष्टि जनाउन राजधानी पुग्नुभएका चौहानले मापदण्ड मिचिएको विषयलाई सबैभन्दा पहिले आफूले उठाएको दाबी गर्नुभयो ।

जिल्ला नेतृत्वको नाम सिफारिस गर्ने क्रममा जिल्ला इन्चार्ज र अध्यक्षले केन्द्रलाई गुमराहमा पारेको उहाँले आरोप लगाउनु भयो ।  २०३८ सालदेखि पार्टीमा आवद्ध रहेका चौहान गत निर्वाचनमा जिल्लाको निर्वाचन परिचालन कमिटीको सचिव हुनहुन्थ्यो ।

प्रदेश ५ का जिल्लाहरुमा नेतृत्व विभाजन गर्दा अर्घाखाँची पूर्व एमालेको भागमा परेको थियो। प्रदेश ५ मा दुई पार्टी एकीकरणमा सबैभन्दा बढी किचलो उत्पन्न भएको छ। माधव नेपाल पक्षधरका नेताहरुलाई पाखा लगाइएको भन्दै दाङ, रुपन्देही, बांके लगायतका जिल्लामा पनि विवाद देखिएको छ।

प्रकाशित मिति : २ आश्विन २०७५ मंगलबार ००:००  १ : ५६ बजे