४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

शिवराज–९ बालमैत्री वडा घोषणा, दिगोपन दिनुपर्नेमा जोड



माधव बेल्वासे, कपिलवस्तु ।
प्रदेश न ५ का भौतीक पुर्वधार विकास मन्त्री बैजनाथ चौधरीले कपिलवस्तु एक पर्यटकिय स्थल रहेको भन्दै पर्यटन विकाशको लागि प्रदेश तहबाटै गुरुयोजना निमार्ण हुने बताउनुभएको छ । मन्त्री चौधरीले प्रदेशले पहिलो प्राथमिकता कृषीलाई दिएको पनि जनाउनुभयो । शिवराज नगरपालिकाका वडा न ९ मा बुधबार बालवालिका मैत्री वडा घोषणा कार्यक्रममा बोल्दै उहाले यस्तो बताउनुभएकोे हो ।
कृषिलाई आधुनिकिरण गरी वैदेशिक रोजगारीमा पलाएन भएका युवालाई देशमै आत्मनिर्भर बनाउने दावी गर्नुभयो । सविधान दिवशको दिनमा आयोजित उक्त कार्यक्रममा मन्त्री चौधरीले वालमैत्री हुनुपनि सविधानमा उल्लेख भएको कुरा पुरा गरेको वताउनुभयो । बालमैत्री स्थानिय शासनका सुचकहरुले दिगोपन पाउनुपर्ने भन्दै सफल वडाको रुपमा स्थापित गरेकोमा धन्यवाद दिनुभयो ।
प्रदेश सांसद तथा सामाजिक विकाश समितिका सभापती दिर्घनारायाण पाण्डेले बालमैत्री घोषणा गरेपनि सुचकहरुलाई निरन्तरता दिन आग्रह गर्नुभयोे । प्रदेश सभाले वालवालिकाको लागी रणनिति बनाएको भन्दै शिवराज नगरपालिकाका सवै वडाहरुलाई वालमैत्री घोषणा गर्न वडा अध्यक्षहरुको ध्यानकर्षण गराउनुभयो ।
सभापती पाण्डेले सामाजिक विकाश समितिवाट वालवालिका तथा महिलाहरुलाई सक्दो सहयोग गर्ने प्रतिवद्धता जनानुभयो । कार्यक्रमा वोल्दै प्रदेश सभा सदस्य अर्जुन केसीले शिवगढी एउटा ऐतिहासिक स्थान रहेको वताउनुभयो ।
शिवराज नगरपालिका वडा न ९ शिवगढी बालमैत्री वडा घोषणा गरिएको हो । साविक शिवगढी गाविस रहदा नै बालमैत्री स्थानीय शासन अवलम्वन गरी बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनिति, २०६८ र बलामैत्री स्थानिय शासन कार्यान्वयन कार्यविधि, २०६८ ले निर्दिष्ट गरेका सुचकहरु र अन्य सुचकहरुलाई प्रभावकारी रुपमा अभियान संचालन गरीएको वडाले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
वडा बालमैत्री स्थानीय शासन सेवा प्रवाह सम्वन्धि २७ र संस्थागत विकाश सम्वन्धि १२ वटा सुचकहरु गरी कुल ३९ वटा सुचक पुरा गरी बालमैत्री वडा घोषणा गरीएको वडा अध्यक्ष चुर वहादुर खड्काले वताउनुभयो । वाडवाट बालबालिकाका क्षेत्रमा १५ प्रतिशत वजेट विनियोजन गरी बाल भेला वाट माग र वाल अधिकारको क्षेत्रमा वडाले लगानी गरेको अध्यक्ष खड्काको भनाई रहेको छ ।

प्रकाशित मिति : ४ आश्विन २०७५ बिहिबार ००:००  २ : ३५ बजे