१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

दसैँको मुखमा १० प्रतिशत गाडीभाडा बढ्यो



काठमाडौं ।

सार्वजनिक यातायातको भाडा १० प्रतिशतले बढेको छ । सरकार र यातायात व्यवसायीबीच शनिबार भएको वार्तामा सरकार तत्कालका लागि सार्वजनिक यातायातमा १० प्रतिशत भाडा बढाउन तयार भएको हो ।

७ गतेदेखि नै भाडा बढाउने तर मंसिर २९ गतेसम्म वैज्ञानिक भाडादर कायम गर्ने पनि सहमति भएको छ । वैज्ञानिक भाडादरका आधारमा अहिले भन्दा केही घटबढ हुन सक्नेछ ।

सरकारले कि पेट्रोलको भाउ घटाउनुपर्ने कि भाडा बढाउनुपर्ने भन्दै व्यवसायीले दसैँको टिकट समेत बुकिन गरेका थिएनन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको वार्तामा तत्कालका लागि इन्धनमा भएको मूल्य वृद्धि अनुसार १० प्रतिशत भाडा बढाउने र दीर्घकालीन रुपमा भाडादर कति बनाउने भन्नेबारे विस्तृत अध्ययन गरि प्रतिवेदन बुझाउन यातायात व्यवस्था विभागका प्राविधिक निर्देशकको संयोजकत्वमा ३ सदस्यीय समिति गठन भएको विभागका प्रवक्ता गोकर्ण उपाध्यायले जानकारी दिनुभयो । समितिले २ महिनामा प्रतिवेदन बुझाउने छ ।

यस्तै बैठकले यातायात समितिका रोक्का रहेका खाताबाट अनिवार्य दायित्वभित्र पर्ने खर्च भुक्तानी गर्न बैंक खाता फुकुवा गर्न गृह मन्त्रालयलाई अनुरोध गर्ने सहमति पनि गरेको छ ।

प्रकाशित मिति : ६ आश्विन २०७५ शनिबार ००:००  ५ : १३ बजे