१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

किन आउँदैछन अर्थमन्त्री खतिवडा भोली कपिलवस्तु ?



मायादेवी अनलाइन, कपिलवस्तु ।
कपिलवस्तुको सुठौली भन्सार कार्यालयको उद्घाटन सोमबार हुने भएको छ । छोटी भन्सार कार्यालयको रुपमा काम गरिरहेको सुठौली नाका सोमबार देखि ठूलो भन्सार नाकाको रुपमा स्तरउन्नती हुने भएको हो । भन्सार कार्यालयको उद्घाटन गर्न भोली अर्थमन्त्री युवराज खतिवडा आउनुहुने प्रदेश सांसद विष्णु पन्थीले मायादेवी अनलाइनलाई जानकारी दिनुभयो ।
नेपाल सरकारले केही महिना अघि सुठौली छोटी भन्सार नाकालाई ठूलो भन्सार नाकामा स्तरउन्नती गरेको थियो । सोही निर्णय अनुसार भोली अर्थमन्त्रीले भन्सार कार्यालय उद्घाटन गर्ने कार्यक्रम तय भएको सांसद पंथीले जानकारी दिनुभयो । भोली दिउँसो २ बजे यशोधरा गाउँपालिकाको मर्यादपुर नाकामा कार्यक्रम हुने उहाले बताउनुभयो ।
अहिले कृष्णनगर भन्सार कार्यालयको मातहतमा रहेको यो नाका भोली देखि ठुलो भन्सार कार्यालयको रुपमा काम थाल्ने कृष्णनगर भन्सार कार्यालयका प्रमुख पुण्य विक्रम खड्काले जानकारी दिनुभयो ।
जिल्लाको सदरमुकाम संग जोडिएको यो नाका व्यवस्थित भए संगै व्यापार व्यवसायमा सहज हुने सांसद पन्थीको अपेक्षा छ । सांसद पंथी र प्रतिनिधिसभा सदस्य बृजेश कुमार गुप्ताको पहलमा सुठौली छोटी भन्सार ठूलो भन्सार नाकामा स्तरउन्नती भएको हो ।

प्रकाशित मिति : ७ आश्विन २०७५ आइतबार ००:००  २ : ०६ बजे