१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

राष्ट्र बैंकले असोज १२ गते मात्र बैंकलाई नयाँ नोट दिने



काठमाडौं ।
नेपाल राष्ट्र बैंकले दशैका लागि नयाँ नोट आगामी १२ गतेदेखि बैंकहरुलाई वितरण गर्ने भएको छ । नयाँ नोट वितरणको काम विगतको भन्दा सहज बनाउन आगामी १२ गतेदेखिनै बैंकहरुलाई वितरण गर्न लागेको राष्ट्र बैंकले जनाएको छ ।
आगामी ११ वा १२ गतेदेखि बैंकहरुलाई नयाँ नोट वितरण गर्ने तयारी गरिएको राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले बताउनुभयो ।
सर्वसाधारणलाई भने कहिलेदेखि नयाँ नोट वितरण गर्ने भन्ने विषयमा निर्णय भइनसकेको प्रवक्ता पौडेलले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ८ आश्विन २०७५ सोमबार ००:००  ३ : ३८ बजे