८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

हुलाकी सडक निर्माण गर्न आर्थिक समस्या छैन : अर्थमन्त्री डा. खतिवडा



हरि अधिकारी, कपिलवस्तु ।
अर्थमन्त्री डा. युवराज खतिवडाले दुई देशबीचको आपसी सहमतीले भन्सार नाकामा अध्यागमन संचालन गर्न सकिने बताउनुभएको छ । नेपाल सरकारले चाहेर मात्र अध्यागमन विभाग संचालन गर्न नसकिने बताउँदै मन्त्री खतिवडाले दुई पक्षिय सहमतीमा मात्र अध्यागमन संचालन गर्न सकिने बताउनुभयो । उहाँले राजमार्ग देखि पहाडी भुभाग र सिमा नाका जोड्ने गरी सडक संजाल विस्तार गर्ने योजना शुरु भइसकेको बताउनुभो । कपिलवस्तु गरिबीको सूचाकंमा कमजोर रहेकाले सरकारले विशेष प्राथमिकता दिएको मन्त्री खतिवडाले बताउनुभयो ।
मन्त्री खतिवडाले हुलाकी सडक निर्माण सम्पन्न गर्न आर्थिक समस्या नपर्ने बताउनुभयो । गतवर्षको योजना र कार्यक्रममा बुद्धिष्ट सर्किट नवलपरासी, रुपन्देही र कपिलवस्तु जोड्ने गरी रामग्राम देवदह लुम्बिनी र तिलौराकोटको अवधारणामा सरकारले काम गरीसकेको बताउनुभयो । उहाँले लुम्बिनी र तिलौराकोट विकासलाई संगसंगै लैजाने सरकारले निति अनुरुप प्राथमिकता दिएको बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी अर्जुन प्रसाद पोख्रेलले भन्सार नितीलाई सहज गर्न प्रशासनले सहयोग गर्ने बताउदै राजश्व चुहावट गरेको खण्डमा प्रशासनको तर्फबाट निगरानी राख्ने बताउनुभयो ।
कार्यक्रममा साँसद बृजेश कुमार गुप्ता, साँसद अभिषेक प्रताप शाह, पूर्व मन्त्री दिप कुमार उपाध्याय, प्रदेश साँसद धर्मबहादुरलाल श्रीवास्तव लगाएतले पहिले देखिनै सुठौली छोटी भन्सार नाकालाई स्तरोन्नतीका लागि सरकारसंग माग गर्दै आएकोले जनताको चाहना पुरा भएको बताउदै स्तरोन्नती संगै जग्गा व्यवस्थापन र भौतिक संरचना निर्माणमा जोड दिनुपर्ने बताएका थिए ।
सोही अवसरमा साँसद बृजेश कुमार गुप्ताले सुठौली भन्सार कार्यालय संचालन संगै अध्यागमन संचालन गरेर बुद्ध स्थलको प्रचार प्रसार संगै पर्यटक भित्रयाउने गरी काम गर्नुपर्ने बताउनुभयो । सुठौली भन्सार मुल भन्सार भएसंगै यस नाकासंग जोडिएका हुलाकी सडकहरुको स्तरोन्नती गर्नुपर्ने बक्ताहरुले माग गरेका थिए ।

प्रकाशित मिति : ८ आश्विन २०७५ सोमबार ००:००  ३ : ४८ बजे