४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

चुनावी घोषणा पुरा गर्न ५ वर्ष कुर्न पर्दैन : वडा अध्यक्ष क्षेत्री



दीपा महत, कपिलवस्तु ।
वाणगंगा नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष गणेश बहादुर क्षेत्रीले चुनावी घोषणामा समावेश भएका एजेण्डाहरु पुरा गर्न ५ वर्ष नै कुर्न नपर्नेे बताउनुभएको छ ।
वडाध्यक्ष क्षेत्रीले आफु निर्वाचित भईसके पछि वडा भित्र १० किलोमिटर बाटो पिच गरेको दाबी गर्नुभयो । रेडियो मायादेवीको कार्यक्रम जनप्रतिनिधीमा बोल्दै उहाँले अबका वर्षमा बाँकी रहेका अन्य ठाउँका बाटाहरु पिच गर्ने बताउनुभयो ।
उहाँले भौतिक विकासले मात्र समृद्ध समाज निमार्ण हुन नसक्ने भन्दै समाज परिवर्तनका लागि पनि विभिन्न किसिमका कार्यक्रम सञ्चालन गरेको बताउनुभयो । शिक्षा, स्वास्थ्य लगायत लक्षित वर्गका लागि विभिन्न कार्यक्रम सञ्चालन गरेको बताउँदै उहाँले गत वर्षको महिला ड्राईभिङ कार्यक्रम प्रभावकारी भएको बताउनुभयो । अहिले युवाहरुमा मुख्य समस्याको रुपमा रहेको लागू पद्धार्थ दूव्यवसनीबाट बचाउन आफुले स्वरोजगारका कार्यक्रम सञ्चालन गर्ने प्रतिवद्धता जनाउनुभयो ।
यूवा लक्षित कार्यक्रम नगरबाटै सञ्चालन गर्दा प्रभावकारी बन्ने भन्दै नगरपालिकाले विभिन्न कार्यक्रमहरु ल्याएको बताउनुभयो । यूवाहरुलाई कृषि, ब्यवसाय सम्बन्धि विभिन्न तालिमहरु दिईने उहाँको भनाई छ ।
वडाध्यक्ष क्षेत्रीले खेलकूदको लागी पनि बजेट विनियोजन गरेको बताउदै समयभित्र बुद्ध रंगशालाको स्तरोन्नति गर्ने र जितपुरमा, बसपार्क निर्माण गर्ने गरी काम गरेको उहाँको भनाई छ । रेडियो मायादेवीले हरेक आइतबार, सोमबार र मगलबार जनप्रतिनिधी र बुधबार, बिहिबार, शुक्रबार विहान ६.३५ बजे कार्यक्रम समय संवाद सञ्चालन गरिरहेको छ ।

प्रकाशित मिति : ९ आश्विन २०७५ मंगलबार ००:००  २ : ४९ बजे