१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मंसिरमा हुने महोत्सवमा कपिलवस्तुको पहिचान दिन्छौ : अध्यक्ष पौडेल



मायादेवी अनलाइन, कपिलवस्तु ।
दशौ कपिलवस्तु महोत्सव मौलिकतामा आधारित हुने महोत्सव मुल आयोजक समितिले जानकारी दिएको छ । महोत्सव मुल आयोजक समितीले राजधानीको नेपाल पर्यटन बोर्डमा गरेको पत्रकार सम्मेलनमा समितिका अध्यक्ष उमनाथ पौडेलले कपिलवस्तुको समग्र चित्र एकै स्थानमा देख्न पाउने गरी महोत्सवमा व्यवस्थापन मिलाइएको बताउनुभयो ।
उहाँले कपिलवस्तुको कला संस्कृती धार्मीक साँस्कृतिक ऐतिहासीक र पुरातात्विक स्थलको प्रदर्शनीका साथै भाषा जात जाती र समुदायकको पहिचान पनि महोत्सवमा अवलोकन गर्न सकिने बताउनुभयो । अध्यक्ष पौडेलले कपिलवस्तुमा रहेको गौतमवुद्धसंग सम्वन्धित स्थलहरुको पहिचान गरि वुद्ध सर्कीट निर्माणका लागि पनि काम गरिने बताउनुभयो ।
कपिलवस्तुमा हुन लागेको दशौ कपिलवस्तु महोत्सवले आर्थीक गतिवधी मात्र नभइ समग्र समाजको विकासमा पनि सहयोग गरिरहेको पौडेलले बताउनुभयो । पत्रकार सम्मेलनमा सहभागी कपिलवस्तुका सांसद अतहर कमाल मुसलमानले सम्भावना रहेर पनि लामो समयदेखीको नीतिगत अन्योलताका कारण कपिलवस्तुका संस्कृती धार्मीक साँस्कृतिक एतिहासीक र पुरातात्विक स्थलको संरक्षण संवर्द्धन र प्रचार प्रसार गर्न नसकिएको स्विकार गर्नुभयो । उहाँले अव राजनीतिक स्थायीत्वसंगै स्थानियतहले पनि कार्यसञ्चालन गरेकोले अव विकासले गति लिने विश्वास व्यक्त गर्नुभयो ।
सम्मेलनमा सहभागी नेकपाका केन्द्रीय सदस्य तथा पूर्व सांसद डोरप्रसाद उपाध्यायले वहुआयमिक र विविधतायुक्त वातावरण र समाज रहेको कपिलवस्तुलाइ कृषि उत्पादन र आर्थीक रुपान्तरणमा काम गर्न सकिने बताउनुभयो । कपिलवस्तु उद्योग वाणिज्य संघको आयोजनामा कपिलवस्तुको ४ नम्वर जितपुरमा आगामी मंसिर १८ गतेदेखी पुष १ गतेसम्म कृषि पर्यटन तथा औद्योगिक प्रदर्शनी २०७५ मेला हुन लागेको छ ।

प्रकाशित मिति : ९ आश्विन २०७५ मंगलबार ००:००  ७ : ३१ बजे