४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

विकास अभियानलार्ई द्रुत गतिमा अगाडी बढाएको छु : अध्यक्ष भुसाल



दीपा महत, कपिलवस्तु ।
जनप्रतिनिधी जवाफदेही हुनुपर्ने वाणगंगा नगरपालिका वडा नम्बर ८ का वडाअध्यक्ष गुणनिधी भुसालले बताउनुभएको छ । जनप्रतिनिधी भैईसके पछि जति काम गर्नु पर्ने थियो त्यति नभएको स्विकार गर्दै उहाँले जनता माझ गरेका बाचाहरु पुरा गर्न केहि समय लाग्ने बताउनुभयो । रेडियो मायादेवीको विशेष कार्यक्रम जनप्रतिनिधीमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
धेरै लामो समय पछि स्थानीय तहको चुनाव भएको र केहि समय सिक्नमै लागेको बताउदै सोचेजस्तो काम हुन नसकेको उहाँको भनाई छ ।
आफुहरुले पूर्ण रुपमा कानुन बनाउन नपाउने र केन्द्रबाट पनि काननु नआएकाले समस्या भएको भुसालको भनाई छ । उहाले वडाका विभिन्न प्राथामिकता निर्धारण गरी विकास अभियानलार्ई द्रुत गतिमा अगाडी बढाएको बताउनुभयो ।
वडा अध्यक्ष भुसालले युवाहरुलाई बैदेशिक रोजगारी बाट रोक्नका लागी एकृकीत सहरी विकास योजनाले १५ वर्षे मास्टर प्लान तयार गरिरहेको बताउदै यूवाहरुलाई विदेश जानबाट रोक्नको लागी उनिहरुलाई प्रविधि तथा विभिन्न किसिमका सिप सिकाई उत्पादनका लागी प्रोत्साहन गर्ने बताउनुभयो ।
शिक्षाका क्षेत्रमा फरक तवरले काम गरिरहेको बताउदै कृषकहरुलाई विभिन्न किसिमका उपकरणहरु वितरण गर्ने उहाको भनाई छ ।

प्रकाशित मिति : १० आश्विन २०७५ बुधबार ००:००  २ : ०३ बजे