८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

राष्ट्र बैंकले बैंकहरुलाई भोली देखि नयाँ नोट दिने, सर्वसाधारणले भने २१ गते



मायादेवी अनलाइन, कपिलवस्तु ।
यो वर्षको दसैं र तिहारका लागि नेपाल राष्ट्र बैंकले भोली देखि बैंकहरुलाई नयाँ नोट वितरण गर्ने भएको छ । भोली सम्म सबै प्रकिया पुरा गरेर बैंकहरुले राष्ट्र बैंकबाट नयाँ नोट प्राप्त गर्न सक्नेछन । बैंक तथा वित्तीय संस्थालाई पहिले नयाँ नोट दिए पनि ती संस्थाले पनि २१ गतेदेखि मात्र सर्वसाधारणलाई वितरण सुरु गर्नेछन् । यो वर्ष पनि नयाँ नोटका लागि राष्ट्र बैंकमै आउनुपर्ने बाध्यता नरहेको राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग प्रमुख लक्ष्मी प्रपन्न निरौलाले बताए ।
सर्वसाधारणका लागि प्रतिव्यक्ति २१ हजार रुपैयाँ सम्मका दरले नयाँ नोट सटही सुविधा दिने तयारी भएको राष्ट्र बैंकले जनाएको छ ।
सर्वसाधारणले भने आगामी २१ गते बैंकहरुबाट विभिन्न दरका २७ हजार रुपैयाँसम्म नयाँ नोट सटही सुविधा पाउनेछन । विभागका प्रमुख निरौलाका अनुसार राष्ट्र बैंकले ५, १०, २० र ५० र एक सय दरका गरी प्रतिव्यक्ति २७ हजार रुपैयाँसम्म नोट साटिदिने तयारी गरेको छ ।

प्रकाशित मिति : ११ आश्विन २०७५ बिहिबार ००:००  ३ : १२ बजे