४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

म सबैको साझा जनप्रतिनिधि हुँ : वडा अध्यक्ष गिरी



दीपा महत, कपिलवस्तु ।
वाणगंगा नगरपालिका वडा नम्बर ७ ले पहिलो वर्ष विकास निर्माणका लागि सञ्चालन गरेका काममा आफू पूर्ण सन्तुष्ट हरेको वडा अध्यक्ष विष्णु गिरीले बताउनुभएको छ ।
विकास निर्माणका कामले जनता पनि सन्तुष्ट भएको बताउदै उहाले गत वर्ष १ करोड ९० लाख बजेटका योजनाहरु वडामा संचालन गरेको बताउनुभयो ।
रेडियो मायादेवीको विशेष कार्यक्रम जनप्रतिनिधीमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । वडा अध्यक्ष गिरीले योजनाहरु सम्पन्न गर्न सफल भएको दाबी गर्नुभयो ।
निर्वाचनको समयमा कुनै पार्टीको झण्डा बोकेर उत्रिए पनि अब निर्वाचित भैसकेपछि आफु सबैको साझ जनप्रतिनिधी भएको बताउदै अध्यक्ष गिरीले अबको ५ वर्षमा वडा मात्र नभई समग्र नगरलाई नै समृद्ध नगर बनाउन सकिने बताउनुभयो । उहाले आफुहरुले राष्ट्रिय गौरवका योनाहरु छुट्टाएको बताउनुभयो ।
जनप्रतिनीधीले काम गरेनन् भन्ने कुरा वाणगंगा नगरपालिकाको हकमा नभएको भन्दै अध्यक्ष गिरीले वाणगंगा नगरपालिकाको हकमा गत वर्षको भन्दा एकदमै कम कर उठाईको जिकिर गर्नुभयो ।
वाणगंगाका कर्मचारी र जनप्रतिनिधी विच नङ र मासुको जस्तै सम्बन्ध भएकाले कर्मचारीको हाली मुहाली भयो भन्ने कुरा वाणगंगाको हकमा हल्ला मात्र भएको उहाको भनाई छ ।
जनप्रतिनिधीलाई सेवासुविधा दिदा राज्यको ठूलो रकम सकिने भन्दै जनप्रतिनिले आफ्नो सेवा सुविधा कटौती गर्ने हो भने मूलुकनै समृद्ध बन्ने दाबी गर्नुभयो ।

प्रकाशित मिति : ११ आश्विन २०७५ बिहिबार ००:००  ३ : २७ बजे