५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

महोत्सवको सचिवालय बैठक सम्पन्न


११ आश्विन २०७५ बिहिबार ००:००  

0
Shares

मायादेवी अनलाइन, कपिलवस्तु ।
दशौ कपिलवस्तु महोत्सवको सचिवालय वैठक संघको कार्यालय चारनम्बरमा विहीबार सम्पन्न भएको छ । महोत्सव मुल आयोजक समारोहका निर्देशक रुक बहादुर भुसालको अध्यक्षता सम्पन्न वैठकले महोत्सवको विषयगत उपसमितिको काम कर्तब्य र अधिकारबारे जानकारी गराएको छ ।
वैठकमा योजना तथा निति निर्माण समितिका संयोजक टोपनारायण वेल्वासेले २८ वटा विषयगत समितिका काम कर्तब्य र अधिकारबारे समितिका संयोजकहरुलाई जानकारी गराउनुभएको थियो । विषयगत समितिले १५ दिन भित्र आ आफनो समितिमा संयोजकहरुले सदस्यहरुको नामावली र महोत्सव आचार संहिता पालना लगाएतका विषयमा तयार पारिएको कार्यविवरणमा हस्ताक्षर गरेका थिए ।
महोत्सवमा कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष तथा दशौ कपिलवस्तु महोत्सवका संयोजक उमानाथ पौडेलले दशौ कपिलवस्तु महोत्सवलाई चुस्त दुरुस्त बनाउदै प्रदेशमै छुट्टै पहिचान दिने गरी काम थालेको बताउनुभयो । कार्यक्रममा महोत्सवका निर्देशक रुक बहादुर भुसालले कपिलवस्तुको पर्यटन, कृषि र आर्थिक विकासमा विशेष योजना ल्याइने बताउनुभयो ।

प्रकाशित मिति : ११ आश्विन २०७५ बिहिबार ००:००  ४ : ५४ बजे