२५ बैशाख २०८१, मंगलबार | Tue May 7 2024

वाणगंगामा डेंगु रोग नियन्त्रणको अभियान जारी



मायादेवी अनलाइन, कपिलवस्तु ।

कपिलवस्तुको वाणगंगा नगरपालिकामा डेंगु रोग नियन्त्रण गर्ने अभियान आज पनि जारी छ । शनिबार देखि शुरु भएको अभियान आज पनि जारी भएको हो । अभियान नगरपालिकाका वडा नं. १ २ र ४ मा शुरु भएको नगरपालिकाका स्वास्थ्य शाखाका कार्यक्रम प्रमुख कमल ज्ञवालीले जानकारी दिनुभयो ।

अभियान शनिबार देखि शुरु भएको हो । जस अन्तर्रगत वडा नं. २ को पिपरा स्थित इलाका प्रहरी कार्यालय पिपरा, वडा नं. १ को वडा कार्यालय बैरिया, वडा नं. ४ को चारनम्बर र अस्थायी प्रहरी विट गजेहडाबाट अभियान शुरु गरिएको ज्ञवालीले बताउनुभयो ।

अभियानलाई सार्थक बनाउन १९ जना महिला स्वास्थ्य स्वयमसेविका, ३ जना स्वास्थ्यकर्मी र ३ जना प्रहरी परिचालन गरिएको उहाले बताउनुभयो । उनीहरुले डंगु बस्न स्थानमा गएर डेंगु नष्ट सम्बन्धि काम गर्ने छन ।

डेंगु रोग एडिज इजीप्टाई जातको पोथी लमखुट्टेको टोकाईबाट लाग्ने गर्दछ । यो रोगको संक्रमित स्थान वाागंगा नगरपालिकाका वडा नं १, २ र ४ हुन । गत बर्ष यी वडाका चार जनामा डेंगु रोगी फेला परेका थिए । लुम्बिनी अञ्चल अस्पतालमा यी रोगी भेटिएको स्वास्थ्यकर्मी बताउछन । अरु अस्पतालमा पनि रोगी भेटिएको हुन सक्ने अनुमान छ ।

प्रकाशित मिति : १४ आश्विन २०७५ आइतबार ००:००  ३ : ५० बजे