२९ बैशाख २०८१, शनिबार | Sun May 12 2024

वाणगंगा अटो ट्रेडर्सले स्कुटी, मोटरसाईकल र अटो किङ्गको धमाका विक्री शुरु


१४ आश्विन २०७५ आइतबार ००:००  

0
Shares

मायादेवी अनलाइन, चारनम्बर ।
वाणगंगा अटो ट्रेडर्स प्रा.लि.ले वाणगंगा नगरपालिका १ बैरिया स्थित आफनो सोरुमबाट विक्री वितरण शुरु गरेको छ । जगदम्बा टिभिएस कम्पनीको विभिन्न ब्राण्डका मोटरसाईकल, स्कुटी तथा अटो किङ्ग विक्री वितरण शूरु गरेको हो । कपिलवस्तुको आधिकारिक विक्रेता वाणगंगा अटो ट्रेडर्सले बैरिया र चन्द्रौटाबाट टिभिएस कम्पनीका नयाँ मोडलका स्कुटी, मोटरसाईकल र अटो विक्री वितरण शुरु गरेको जनाएको छ ।

नयाँ साजसज्जा सोरुम तथा वर्कशप सहित संचालनमा रहेको आधिकारित विक्रेता वाणगंगा अटो ट्रेडर्सले छोटो अवधीमै टिभिएस व्राण्डका स्कुटी, मोटरसाईकल र अटो किङ्ग सोचे अनुसार विक्री गर्न सफल भएको कार्यकारी निर्देशक मोहन न्यौपानेले बताउनुभयो । उहाँका अनुसार कम्पनीले टिभिएस किङ्गको खरिदमा दशै विशेष अफर समेत शुरु गरेको छ । टिभिएस ब्राण्डको अटो खरिद गर्दा विशेष आकर्षक उपहार सहित विभिन्न स्कीम अफर गरेको छ ।

कम्पनीले यो चाडमा टिभिएस किगको खरिदमा पाउनुहोस्, हात खाली नहुने उपहार भन्ने नयाँ योजना ल्याएको जनाएको छ । कम्पनीले अति आधुनिक प्रविधी, आकर्षक बनावट, विभिन्न रङ्गहरुमा उपलब्ध सहितको टिभिएस एनटर्क स्कुटी नयाँ प्रविधी सहितको बजारमा भित्र्याएको छ ।

प्रकाशित मिति : १४ आश्विन २०७५ आइतबार ००:००  ४ : २६ बजे