५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

अवैध मट्टितेल बरामद


१६ आश्विन २०७५ मंगलबार ००:००  

0
Shares

अजय मिश्र, मायादेवी अनलाइन ।
चाडपर्व नजिकिदै जादा कपिलवस्तु प्रहरीले विभिन्न नाकामा चेकजाँचलाई कडाई गरेको छ । यतिबेला सिमाक्षेत्रमा हुने अवैध सामान ओसारपोसार तथा चोरी तस्करी नियन्त्रणमा प्रहरी सकृय भएको हो । यसैक्रममा इलाका प्रहरी कार्यालय गणेशपुरबाट खटिएको गस्ती टोलीले नेपाल भित्रयाउदै गरेको अवैध मट्टितेल बरामद गरेको छ । भारतबाट नौरंगियाको बाटो हुदै नेपाल ल्याइरहेको २ सय ४० लिटर अवैध मट्टितेल बरामद गरेको इलाका प्रहरी कार्यालय गणेशपुरले जनाएको छ । बरामद गरिएको सामान आवश्यक कारवाहीका लागि कृष्णनगर भन्सार कार्यालय पठाएको बताइएको छ ।

प्रकाशित मिति : १६ आश्विन २०७५ मंगलबार ००:००  ३ : ०८ बजे