४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

सत्र वर्षपछि बजार अनुगमन



परासी ।

पश्चिम नवलपरासीको सदरमुकाम परासीबजार सँगै जोडिएको पोखरापाली र मन्झरिया चोकमा १७ वर्षपछि बजार अनुगमन भएको छ । रामग्राम नगरपालिका– ६ र १० मा पर्ने ती बजारमा यति लामो समयपछि अनुगमन गरिएको हो । यसअघिका अनुगमन शहर बजार केन्द्रीत हुँदा सो स्थानमा अनुगमन नै नभएको स्थानीय व्यवसायीले बताएका थिए ।

संयुक्त बजार अनुगमन समितिले आज आकस्मिक रुपमा गरेको बजार अनुगमनका क्रममा ठूलो परिमाणमा अखाद्य पदार्थ फेला पारी त्यसलाइ जफत गरिएको छ । दर्ता बिनानै केहि पसल सञ्चालनमा रहेको देखिएकाले त्यसलाई पहिलो पटकका लागि दर्ता गर्ने शर्तमा छोडिएको बताइएको छ ।

प्रकाशित मिति : १६ आश्विन २०७५ मंगलबार ००:००  ३ : ३७ बजे