६ असार २०८३, शनिबार | Sat Jun 20 2026

वाणगंगामा “म सफा गर्छु मेरो नगर” अभियान जारी



अशोक पौडेल, जीतपुर ।
कपिलवस्तुको बाणगंगा नगरपालिकामा “म सफा गर्छु मेरो नगर” जारी छ । अभियान अन्तर्रगत नगरपालिकाको वडा नः २ मा सरसफाई अभियान भैरहेको छ । वडा नः २ मा रहेका करिव तीन सय बढि घरबाट एक जनाका दरले कोठी खोला देखि पिपरा सम्म सरसफाई गरिएको छ ।
बाणगंगा नगरपालिकामा हाल सम्मकै सबैभन्दा ठुलो सरसरफाई अभियानका रुपमा लिइएको “म सफा गर्छु मेरो नगर” प्रभावकारी बनाउन स्थानीय कै सहभागितामा यो अभियान सफल पार्न लागेको बाणगंगा नगरपालिकाका प्रबक्ता बिष्णु पौडेलले बताउनुभयो ।
वडा समिति र वडा भित्र रहेका टोल बिकास समितिको सक्रियतामा वडा भित्र पर्ने पिपरा बजारको सरसफाइ संगै राजमार्गको दुवै तर्फ रहेका अनावश्यक रुख काट्ने काम अभियानका क्रममा भएको प्रवक्ता पौडेलले बताउनुभयो ।

प्रकाशित मिति : १८ आश्विन २०७५ बिहिबार ००:००  ३ : २५ बजे