५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

टिभिएसको एक करोडको रोड शो जितपुरमा



अशोक पौडेल, जीतपुर ।

कपिलवस्तुको जीतपुरमा वाणगंगा अटो ट्रेडर्स प्रा.लि.ले टिभिएसको एक करोडको रोड शो जीतपुरमा गरेको छ । हालै वाणगंगा अटो ट्रेडर्स प्रा.लि.ले वाणगंगा नगरपालिका १ बैरिया स्थित आफ्नो सोरुमबाट विक्री वितरण शुरु गर्न थालेको छ ।

टिभिएस व्राण्डका स्कुटी, मोटरसाईकल र अटो किङ्ग छोटो समयमा धेरैले रुचाएकाले अधिकतम रुपमा बिक्री भएको सञ्चालक मोहन न्यौपानेले बताउनुभयो । रोड शो जिल्लाको जीतपुर, तौलिहवा, गोरुसिङ्गे, चन्द्रौटामा गरिने प्रालिका निर्देशक उमानाथ पौडेलले बताउनुभयो ।

प्रत्येक मोटरसाइकलको खरिदमा न्युनतम ७ हजार छुट, लक्की ड्रबाट प्रत्येक दिन दश जनालाई १० हजार र आकर्षण पुरस्कार पाउने बताउदै दशैलाई केन्द्रीत गरी एक करोडको रोड कार्यक्रम सञ्चालन भएको पौडेलले बताउनुभयो । टिभिएस ब्राण्ड नेपालमा पछिल्लो समयमा सबैभन्दा बढि रुचाइएको ब्राण्डका रुपमा लिइएको छ ।

प्रकाशित मिति : १८ आश्विन २०७५ बिहिबार ००:००  ३ : ३७ बजे