५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

वाणगंगा अटो टे«डर्स प्रा.लि.द्धारा अटो चाकलहरु संग साक्षत्कार



मायादेवी अनलाइन, कपिलवस्तु ।
टिभिएस किंग्स र टिभिएस बाइकको कपिलवस्तुको आधिकारीक विक्रेता वाणगंगा अटो टे«डर्स प्रालिले विहीबार यस क्षेत्रका अटो चालकहरु संग साक्षत्कार गरेको छ । बैरियामा भएको कार्यक्रममा जगदम्बा मोटरका रिजनल म्यानेजर सागर दाहालले टिभिएसको ई–रिक्साको बारेमा चालकहरुलाई जानकारी दिनुभएको थियो । उहाले टिभिएस किंग्स अटोरिक्साको टार्गेट एक्सचेञ्जको बारेमा जानकारी दिनुभएको थियो ।
यस्तै कार्यक्रममा वाणगंगा अटो टे«डर्स प्रालिका निर्देशक उमानाथ पौडेलले बढ्दो वेरोजगारीको समस्या हल गर्नका लागि टिभिएस किंग्सले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । दीर्घकालीन रुपमा टिकाउ हुने अटोरिक्सा टिभिएसले यस क्षेत्रमा भित्त्राएको भन्दै निर्देशक पौडेलले ढुक्क भएर किन्न आग्रह गर्नुभयो ।
कार्यक्रममा न्यू लुम्बिनी ई–रिक्सा समितिका अध्यक्ष केशव आचार्यले अटो व्यवसायीका लागि यस क्षेत्रमा अटो रिक्सा पाइनु राम्रो कुरा भएको बताउनुभयो । गाउँठाउमा ई–रिक्सा पाइनु आफुहरुका लागि राम्रो कुरा भएको उहाले बताउनुभयो ।
उक्त अवसरमा टिभिएसले आउँदै गरेको विजयादशमीका अवसरमा ल्याएको आकर्षण स्किमको बारेमा पनि जानकारी दिइएको थियो । टिभिएसले दशैको अवसरमार करोडको रोड शो कार्यक्रम सञ्चालन गरिरहेको छ ।

प्रकाशित मिति : १९ आश्विन २०७५ शुक्रबार ००:००  १ : ०० बजे