२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

शिक्षा क्षेत्रको विकास सोचेजति भएको छैन : उप प्रमुख अर्याल



दीपा महत, कपिलवस्तु ।
गत आर्थिक वर्ष शिक्षा क्षेत्रको विकास सोचेजति हुन नसकेको वाणगंगाका उप प्रमुख चक्रपाणि अर्यालले बताउनुभएको छ । उहाँले नगरपालिकाले गत वर्ष विकास निर्माण लगायतका कार्य धेरै गरेपनि शिक्षाको गुणस्तरलाई सुधार्न नसकेको बताउनुभयो ।
रेडियो मायादेवीको विशेष कार्यक्रम जनप्रतिनिधीमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले यो आवमा शिक्षालाई विशेष प्रथामिकता दिएको बताउनुभयो । नगरपालिकाका कतिपय विद्यालय मर्ज गर्नुपर्ने अवस्था भएपनि कानुकै अड्चनका कारण त्यसो हुन नसकेको उप प्रमुख अर्यालको भनाई छ ।
उहाँले अन्य नगरपालिकामा भन्दा वाणगंगाको न्यायिक समितिमा कम मुद्धा आउने गरेको भन्दै यसलाई सकारात्मक तरिकाले लिनुपर्ने बताउनुभयो । न्यायिक समितीका संयोजक समेत रहनु भएका उप प्रमुख अर्यालले सबैभन्दा बढि झैझगडाका मुद्दा आएको र आफुहरुले छलफलबाटै समाधान गरेको बताउनुभयो । न्यायिक समितीको टुङ्गो लगाउन कानुनविज्ञको आवश्यक्ता पर्ने भएपनि केन्द्रिय तहबाट पनि कर्मचारी नआएको र आफुहरुलाई पनि राख्ने अधिकार नहुदा समस्या हुने गरेको बताउनुभयो ।
उहाँले तोकिएको नियम भन्दा बाहिर रहेर सहकारी संचालन भएको पाईए कारबाही प्रकृया अगाडी बढाउने बताउनुभयो । भलवाड सुरक्षाको दृष्टीले पछि परेको भन्दै भलवाडमा सशस्त्र प्रहरी विट राख्ने प्रकृयामा रहेको बताउनुभयो । वाणगंगाका विभिन्न खोलानालाबाट ढुङ्गा, गिट्टी, बालुवा चोरी निकासी भएको भन्दै २५÷२६ वटा ट्याक्टरलाई नियन्त्रणमा लिएर कारबाही गरेको उहाको भनाइ छ ।
गत वर्षको भन्दा चोरी निकासी केही कम भएको भएपनि छिटफुट मात्रामा भैरहेको भन्दै त्यसको नियन्त्रणका लागि सबै लाग्नु पर्नेमा जोड दिनुभयो । नगरपालिकामा अनुगमन समिती बनेको भन्दै विभिन्न पसलहरुको अनुगमन गर्ने बताउनुभयो ।

प्रकाशित मिति : १९ आश्विन २०७५ शुक्रबार ००:००  १ : २१ बजे