३० पुस २०८२, बुधबार | Wed Jan 14 2026

दाङमा चाउमिन उद्योग बन्द, गोठमा चाउमिन बनाएको भेटियो



दाङ ।
घोराही उपमहानगरपालिकाले एक चाउमिन उद्योग बन्द गराएको छ । अनुगमनका क्रममा उद्योगको उत्पादन गुणस्तरहिन पाइएपछि उद्योग बन्द गराएको उपमहानगरले जनाएको छ । उपमहानगरका उपप्रमुख तथा बजार अनुगमन समितिका संयोजक सीता सिग्देल न्यौपानेको नेतृत्वमा गएको अनुगमन टोलीले घोराही–१७ गैरागाउँमा सञ्चालित ऋषिकेश चाउमिन उद्योगलाई तत्कालका लागि बन्द गराएको छ।
उद्योगमा करीब ८० वटा बोतल तयार पारिएको ससमा उत्पादन मिति, उपभोग मिति र मूल्य उल्लेख नभएको तथा गोठमा चाउमिन उत्पादन गरेको फेला परेपछि बिक्री र उत्पादन समेत नगर्न निर्देशन दिइएको उपप्रमुख न्यौपानेले जानकारी दिनुभयो ।
३ दिन भित्र उद्योग दर्ता गर्न र मापदण्ड अनुसार सञ्चालनमा ल्याउन टोलीले निर्देशन दिएको छ । अनुगमन टोलीले घोराही क्षेत्रमा रहेका अन्य चाउमिन उद्योगको समेत अनुगमन गरेको छ ।

प्रकाशित मिति : २० आश्विन २०७५ शनिबार ००:००  १ : ११ बजे