४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

वाणगंगा वडा नं. २ को विकास निर्माण तीव्र, नगरमै पहिलो योजना सम्पन्न गरी निकाल्यो निकासा



मायादेवी अनलाइन, कपिलवस्तु ।
वाणगंगा नगरपालिका वडा नं. २ ले विकास निर्माणको कामलाई तीव्र पारेको छ । आर्थिक बर्ष सकिएको दुई महिना मै वडाले निकासा सहितको काम सम्पन्न गरेको हो । वडा नं. २ का वडा अध्यक्ष विष्णु पौडेलले राजापुर गाउँको साप्टे टोलमा बाटो ग्राभेल गरेर निकासा लिइसकेको बताउनुभयो ।
वडाले यही आर्थिक बर्ष भित्र काम सम्पन्न गर्ने गरी दुई लाखको योजना बनाएको थियो । उक्त काम भदौको पहिलो साता सम्पन्न गरेर असोज १७ गते नै निकासी लिइसकेको वडा अध्यक्ष पौडेलले बताउनुभयो । यो बर्षको योजना सम्पन्न गरेर निकासा ल्याउनेमा वडा नं. २ नगरकै पहिलो भएको उहाले दाबी गर्नुभयो ।
यस्तै मनकामना संस्कृत विद्यापिठ नन्दनगरका लागि छुट्याइएको ४ लाख बजेटको काम पनि संचालन हुने तयारीमा रहेको उहाले बताउनुभयो । योजनाको सम्झौता भईसकेको र लागत स्टिमेट पनि भएकोले काम तत्काल शुचारु हुने उहाको भनाई छ ।
यस्तै पश्चिम बैजपुरमा पनि डिबाल उठाउने काम भैरहेको छ । १ लाख ६० हजार बराबरको काम भैरहेको बताइएको छ । अरु विकास निर्माणका काम पनि तत्कालै शुचारु हुने वडा कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २० आश्विन २०७५ शनिबार ००:००  ४ : ०३ बजे