२ जेष्ठ २०८१, बुधबार | Thu May 16 2024

कपिलवस्तुको शिवराज पूर्ण खोपयुक्त नगरपालिका घोषणा हुँदै



मायादेवी अनलाइन, कपिलवस्तु ।
कपिलवस्तुको शिवराज नगरपालिका पूर्ण खोप युक्त नगरपालिका घोषणा हुने भएको छ । नगरपालिकाका नगर प्रमुख नेत्रराज अधिकारीले नगरलाई अशोज २५ गते पूर्ण खोप युक्त नगरपालिका घोषणा गर्न लागेको जानकारी दिनुभयो । त्यसको लागि सबै तयारी पुरा भएको उहाले बताउनुभयो । नगरपालिकालाई पूर्ण खोप घोषणा गर्नुपूर्व वडाका सबै वडा खोपयुक्त भएको उहाले बताउनुभयो ।
नगरको स्वास्थ्य शाखाले औपचारिक कार्यक्रम गरी वडालाई पूर्ण खोपयुक्त घोषणा नगरे पनि अभियानको रुपमा वडातहमा पूर्ण खोप घोषणा भैसकेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले बताउनुभयो ।
पूर्ण खोप घोषणा गर्नका लागि चाहिने आवश्यक सुचकहरु पुरा गरेर नगरलाई पूर्ण खोपयुक्त घोषणा गर्न लागेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विष्णु क्षेत्रीले बताउनुभयो ।

प्रकाशित मिति : २१ आश्विन २०७५ आइतबार ००:००  २ : ०४ बजे