५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

साना किसानबाट मरणोपरान्त राहत रकम हस्तान्तरण


२१ आश्विन २०७५ आइतबार ००:००  

0
Shares

बाबुराम रायमाझी, भलवाड ।
साना किसान कृषि सहकारी संस्था लिमिटेड बाणगंगा ९ भलवाडले अर्घाखाँची शितगंगा नगरपालिका ४ ठाडा, थुम्कोटका शेयर सदस्य गिरकला आचार्यको मरणोपरान्त राहत रकम हस्तान्तरण गरेको छ । आचार्यको १३ औं दिनको पुण्यतिथिमा शोक शभा आयोजना गरेर शेयर सदस्य आचार्यको मृत्यु परान्त निजका छोरा राजेन्द्र आचार्यलाई ५० हजार रकम सहकारीले हस्तान्तरण गरेको हो । साना किसान कृषि सहकारी संसथाका अध्यक्ष कुमार मधु वेल्वासे, प्रवन्धक मानकुमारी गिरी, लेखा संयोजक बाबुराम रायमाझी, सञ्चालक समिति सदस्य बिन्द्र गुरुङ्गले संयुक्त रुपमा उक्त रकम हस्तान्तरण गरेका थिए ।
संस्थाका अध्यक्ष वेल्वासेले आजको सानो वचत भोली बुढेसकालको साहारा हुने भन्दै घर परिवारको जीवन सुरक्षामा वचत गर्नु आवश्यक रहेको बताए । त्यस्तै शेयर सदस्य केशव अधिकारीले संस्थाको मृत्यु परान्त राहत रकम प्रदान गरेको बारेमा प्रशंसा गर्दै सबै शेयर सदस्यलाई राहत रकम जम्मा गर्न अनुरोध गरेका थिए । सहकारीले शेयरबाट ५ हजार संकलन गरेमा शेयर सदस्यको मृत्यु भएमा ५० हजार मृत्यु परान्त राहत रकम प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति : २१ आश्विन २०७५ आइतबार ००:००  २ : ५५ बजे