१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

आज बोलाइएको नेकपा सचिवालय वैठक स्थगित



काठमाण्डौं ।

नेपाल कम्युनिस्ट पार्टीको आजको लागि बोलाइएको सचिवालय बैठक फेरि सरेको छ । आवश्यक तयारी नभएको भन्दै आजको वैठक २७ असोज बिहान ८ बजेका लागि सारिएको जनाइएको छ ।

यसअघि आइतबारका लागि बोलाइएको बैठक दुवै पार्टी अध्यक्षको कार्यव्यस्तताका कारण सोमबारका लागि सारिएको थियो । सोमबार बसेको सचिवालय बैठकमा वरिष्ठ नेता माधव कुमार नेपाल पक्षले लिखित असन्तुष्टि देखाएपछि बैठकको ऐजेण्डा नै मोडेर नेताहरुको विदेश भ्रमणको चर्चा गर्दै बैठक टुङ्ग्याइएको थियो ।

बसौं कि नबसौं भन्दै सोमबार बसेको नेकपा सचिवालयको बैठक मुश्किलले दुई घन्टा चलेको थियो। सोमबारको बैठक चियापान अनि ठट्टा मजाक मै बैठक सकिएको थियो ।

एकातिर माधव नेपालको असन्तुष्टि र अर्को्तिर रामवीर मानन्धरको राजिनामा सँगै वामदेव गौतमको उम्मेदवारी दिने तयारीले गर्दा पार्टी शिर्ष नेतालाई फेरि झट्का लागेको छ ।

प्रकाशित मिति : २४ आश्विन २०७५ बुधबार ००:००  ३ : १९ बजे