३ जेष्ठ २०८१, बिहिबार | Fri May 17 2024

घोराही उपमहानगरलाई बालमैत्री बनाउन गृहकार्य



घोराही ।
घोराही उमहानगरपालिकालाई बालमैत्री बनाउन गृहकार्य थालिएको छ । जस अन्तर्गत उपमहानगरका १९ वटै वडाका अध्यक्ष र बालबालिकाका अभिभावकलाई बालमैत्री स्थानीय शासनबारे अभिमुखिकरण गरिएको छ ।

सबै वडामा बालमैत्री कार्यक्रम तय गरी बालसंरक्षणका अभियानहरू सञ्चालन गरिने नगर प्रमुख नरुलाल चौधरीले बताउनुभयो । बालबालिका समाजका महत्वपूर्ण अंग भएकाले उनीहरूको संरक्षण गर्दै वडालाई बालमैत्री बनाउनु स्थानीय तहको कर्तव्य भएको उहाँको भनाई थियो । बालमैत्री स्थानीय शासनका ३९ वटा सूचकहरू पूरा गरी वडालाई बालमैत्री घोषणा गर्नसकिने बारे वडा अध्यक्षहरूसग छलफल भएको उहाँले बताउनुभयो ।

बालमैत्री प्रशिक्षक दुर्गालाल केसीले बालअधिकार, बालमैत्री स्थानीय शासन र बालमैत्री स्थानीय तह घोषणाका प्रक्रियाबारे वडा अध्यक्षहरलाई प्रशिक्षण दिनुभएको थियो ।

स्थानीय सरकार सञ्चालन ऐन २०७५ मा वडाको काम कर्तव्यमा बालमैत्री वडा घोषणा गर्ने कुरा पनि समेटिएकाले सोही अनुसार काम गर्न सबै प्रतिबद्ध भएका छन् । (रासस)

प्रकाशित मिति : २५ आश्विन २०७५ बिहिबार ००:००  १ : ०० बजे