१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

सभामुख महरा भन्छन्, प्रहरी ऐन फेर्नुपर्छ



दाङ ।

सभामुख कृष्णबहादुर महराले नेपाल प्रहरीको प्रहरी ऐन ’२०१२’ फेरिनु पर्ने बताउनुभएको छ ।  उहाले देशमा धेरै परिवर्तन भएको र राज्यनै पुर्नसंरचनामा गइसकेको अवस्थाममा पनि पुरानै ऐनले प्रहरी संगठन सञ्चालन भएको भन्दै फेरिनु पर्ने बताउनुभयो ।

सरकारलाई ऐन परिवर्तनका लागि पहल गर्न माग गर्दै उहाले संसदमा आए परिमार्जनलाई पूर्णता दिलाउने बताउनुभयो । ६३ औं प्रहरी दिवसको अवसरमा प्रदेश प्रहरी कार्यालय प्रदेश ५ ले दाङको तुलसीपुरमा गरेको विशेष समारोहलाई सम्बोधन गर्दै सभामुख महराले त्यस्तो बताउनुभएको हो ।

उहाले नेपालको कानुनको कार्यान्वयन गर्दे जनतामाझ कानुनबारे जानकारी दिने निकाय भनेको प्रहरी नै भएको भन्दै प्रहरीको  भूमिका गौरबमय भएको बताउनुभयो ।

महराले प्रहरीले स्थापना गरेको गौरपूर्ण इतिहास जोगाई राख्नुपर्ने मा जोड दिनुभयो । यसमा चुनौती धेरै भएको भए पनि देश स्वर्णिम समयमा पुगेकाले अवसरको रुपमा लैजानु पर्ने बताउनुभयो । इतिहासलाई सकारात्मक रुपमा लिँदै परिवर्तनका लागि आहुति दिने सबैलाई सहिद घोषणा गरिनुपर्ने उहाको भनाई छ ।

कार्यक्रममा प्रदेश ५का आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले प्रदेश प्रहरी ऐन निर्माणको चरणमा प्रदेश सरकार रहेको बताउनुभयो । केसीले प्रदेश ५ सुरक्षाको दृष्टिकोणले सम्वेदनशील प्रदेश रहेको भन्दै विशेष सुरक्षा नीति अबलम्बन गरिएको बताउनुभयो ।

उहाले प्रदेशमा प्रहरी अस्पताल स्थापनाको तयारी भइरहेको भन्दै आधुनिक तालिम केन्द्रको समेत निर्माण हुने जानकारी दिनुभयो ।

प्रकाशित मिति : २५ आश्विन २०७५ बिहिबार ००:००  २ : २३ बजे