५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

वेभ नेटवर्कले मनायो बार्षिक उत्सव



मायादेवी अनलाइन, बुटबल ।
तिलोत्तमा नगरपालिका ड्राईभरटोलमा रहेको वेभ नेटवर्क प्रालिले हालै आफ्नो तेस्रो वार्षिकोत्सव मनाएको छ । ईन्टरनेट र सफ्टवेयरको काम गर्दै आएको वेभ नेटवर्क प्रालिले स्थापनको तेस्रो वर्ष मनाएको हो ।
स्थापनाको अवसर तथा दशै तिहार छुटका रुपमा प्रालिले तीन महिने ५ हजार ९ सय ९९ प्याकेज ल्याएको कार्यकारी निर्देशक प्रकाश क्षेत्रीले जानकारी दिनुभयो । उहाँले वितेको तीन वर्षमा ग्राहकबाट राम्रो प्रतिफल हासिल गरेको उल्लेख गर्दै तीन वर्षको अवधिमा १२ वढि सफट्वेयर र वेभसाईडको विकास गरेको सुनाउनुभयो ।
स्थानीय ८ जना युवाहरु मिलेर झण्डै ५ करोडको लागतमा खोलेको प्रालिमा अहिले ३५ जनाबढीले रोजगारी गर्दै आएको क्षेत्रीले बताउनुभयो । वेभसाईड र सफ्टवेयर बनाउनका लागि ४० हजारदेखि १ लाख ६० हजार खर्च लाग्ने प्रालिले बताएको छ ।
व्यापार(ब्यवसायका लागि लेखा दुरुस्त राख्नका लागि तयार पारिने सफ्टवेयरहरु रुपन्देहीका विभिन्न स्थानीय तहहरुमा प्रयोग भएको प्रालिको भनाई छ ।
केन्द्रिय कार्यालय ड्राईभरटोल रहेको वेभले सालझण्डी, कपिलबस्तु, अर्घाखांची र नवलपरासीमा समेत शाखा खोलेर सेवादिईरहेको आईटी अफिसर बिजय भण्डारीले बताउनुभयो । प्रालिमा ८ जना युवाहरुको ५ करोडको सामुहिक लगानी रहेको छ ।

प्रकाशित मिति : २५ आश्विन २०७५ बिहिबार ००:००  ३ : २४ बजे