५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

रनर मोटरसाकइल तौलिहवामा विस्तार, पूर्वमन्त्री गुप्ताले गरे शोरुम उद्घाटन



मायादेवी अनलाइन, कपिलवस्तु ।
बंगलादेशी ब्राण्ड रनर मोटरसाइकलेको शोरुम तौलिहवामा पनि उद्घाटन गरिएको छ । पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य बृजेश कुमार गुप्ताले एक कार्यक्रमका बीच रनर मोटरसाइकलको शोरुम उद्घाटन गर्नुभएको हो ।
कपिलवस्तु नगरपालिका वडा नं. २ तौलिहवामा रहेको शोरम उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य गुप्ताले रनर मोटरसाइकलले सेवाग्राहीको मन जित्नेमा विश्वास व्यक्त गर्नुभयो । नेपालमा विदेशी उत्पादनका सामग्रीहरु भित्त्रने क्रम बढेको भन्दै सांसद गुप्ताले रनरले नेपालीहरुको मन जित्नेमा विश्वास व्यक्त गर्नुभयो ।
कपिलवस्तुको आधिकारीक विक्रेता श्री बेल्वासे टेर्डसले तौलिहवामा शाखा खोलेको प्रबन्ध निर्देशक बुद्धिसागर बेल्वासेले बताउनुभयो । शाखा उद्घाटनका क्रममा चारनम्बरबाट तौहिलवा सम्म रनरमोटरसाइकलले रोड शो गरेको थियो ।
विजयादशमीको अवसरमा रनर मोटरसाइकलले ८० सिसि देखि १ सय १० सिसि सम्मको मोटरसाइकमा २५ हजार नगद डिस्काउन र १ सय १० देखि माथिका सबै मोटरसाइकल तथा स्कुटरमा १० हजार देखि ५० हजार सम्मको भाग्यशाली ईस्काय्च कुप्पनको व्यवस्था गरेको जनाएको छ ।

प्रकाशित मिति : २६ आश्विन २०७५ शुक्रबार ००:००  १२ : ४३ बजे