५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

दर्शन सहकारीले मनायो आफ्नो ११ औ वार्षिक साधारणसभा



दीपा महत, कपिलवस्तु ।

दर्शन बचत तथा ऋण सहकारी संस्थाले आफ्नोे ११ औ वार्षिक साधारणसभा भब्य कार्यक्रमको आयोजना गरि मनाएको छ । विहीबार वाणगंगा ४ सिद्धिपुरमा एक कार्यक्रमको अयोजना गरि साधारणसभा मनाईएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी कपिलवस्तु बचत तथा ऋण सहकारी संघका जिल्ला अध्यक्ष गुणनिधी भुसालले दर्शन बचत सहकारी अन्य सहकारी भन्दा उत्कृष्ट भएको बताउनुभयो । उहाले सहकारीले बनाएका आगामी वर्षका निती तथा कार्यक्रम राम्रा भएकाले त्यसको कार्यान्वयन तर्फ लाग्नुपर्नेमा जोड दिनुभयो । वडा नम्बर ८ का वडा अध्यक्ष समेत रहनु भएका भुसालले सहकारीले पुजी एकिकरण गर्नुपर्नेमा जोड दिनुभएको छ  ।

अब आफुहरु एक वडा एक सहकारीको योजनामा रहेकाले त्यस विषयमा छलफल भैरहेको बताउनुभयो । वाणगंगा नगरपालिकामा सहकारीको विषयमा छलफल हुन लागेको तीन महिना मात्र भएको बताउदै अध्यक्ष भुसालले सहकारी सम्बन्धी गर्नुपर्ने काम समयमै हुन नसकेको स्विकार गर्नुभयो । यस्तै कार्यक्रममा बोल्दै विशिष्ट अतिथी जिल्ला सहकारी संघका उपाध्यक्ष तेज प्रसाद आचार्यले सहकारीले उद्यमशिलता कार्यक्रम ल्याउनुपर्ने बताउनुभएको छ । सहकारीहरु मिलेर ब्यवसायी अगाडी बनाउनुपर्ने उहाँको जोड छ ।

कार्यक्रममा राजेन्द्र विक्रम शाह, सिद्धार्थ बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सुर्य कुमारी शाही, हर्टविट एफएमका अध्यक्ष कृष्ण प्रसाद भट्टराई लगायतले बोल्दै सहकारीले बनाएका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

कार्यक्रममा कोषाध्यक्ष रेशम बहादुर मल्लले २ करोड ८ लाख ९२ हजार ४ सय ७२ बराबरको अनुमानित आयब्यय प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा प्रस्तुत गरिएको वार्षिक कार्यक्रम तथा नीति सर्वसम्मतीले पारित भएको थियो ।

कार्यक्रम दर्शन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बिदुर बहादुर मल्लको अध्यक्षता उपाध्यक्ष झलक मल्ल ठकुरीको स्वागत मन्तब्य र सचिव कृष्ण बहादुर शाहीको सञ्चालनमा सम्पन्न भएको हो ।

कार्यक्रममा उत्कृष्ट वचतकर्ता तर्फ दिनेश थारु, छली कुमारी थारु, त्यसैगरी उत्कृष्ट अंक ल्याएर उत्तिर्ण हुने  विद्यार्थी  पूजा सेन, मनिश अधिकारी, असल ऋणी चन्द्र कुमारी साही, धनबहादुर सेन र असल ब्यवसायी रविन्द्र विक्रम मल्ल र धनन्जय सापकोटालाई सम्मान गरिएको थियो । २०६४ सालमा स्थापित उक्त सहकारीमा हाल ९ सय ३१ सदस्य रहेका छन ।

प्रकाशित मिति : २६ आश्विन २०७५ शुक्रबार ००:००  १२ : ५७ बजे