४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

वाणगंगा नगरपालिकाको अनुगमन जारी



दीपा महत, कपिलवस्तु ।
वणगंगा नगरपालिकाले बजार अनुगमनलाई जारी राखेको छ । शनिबार अनुगमन टोलीले वाणगंगाको पिपरा, कलौनी र पिपरा क्षेत्रमा अनुगमन गरेको छ । शनिबार गरिएको अनुगमनमा त्यस क्षेत्रका मासु पसल ब्यवस्थित ढंगले सञ्चालन भएको पाईएको नगरका प्रवक्ता विष्णु पौडेलले जानकारी दिनुभयो ।
अनुगमन समितीले यस अघि अनुगमन गरेका स्थानका अधिकास पसल मापदण्ड विपरित संचालनमा रहेको पाईए पनि पिपरा क्षेत्रका मासु पसल, होटल तथा पसलहरु ब्यवस्थीत सफा भएको पौडेलले बताउनुभयो ।
त्यहा सञ्चालित अधिकांस पसलहरु दर्ता भएपनि नगरपालिकामा भने दर्ता नभएको पाईएको छ । ति पसलहरुलाई यथासिघ्र नगरपालिकामा दर्ता गर्न आग्रह गरिएको छ । अनुगमनमा नगरपालिकाका उपमेयर चक्रपाणी अर्याल लगायतको टोली खटिएको थियो ।
नगरमा सुरक्षा समन्वय समिति गठन

वाणगंगामा सुरक्षालाई मध्यनजर गर्दै सुरक्षा समन्वय सहयोग समिती गठन गरिएको छ । राती ९ बजे सम्म मात्र मदिरा बेच्न पाउने निणर्य समेत उक्त समितीले गरेको छ । राती ९ बजेपछि मदिरा बेच्ने होटल, रेस्टुरेन्ट तथा जो कोही लाई पनि कारर्वाही गर्ने चेतावनी समेत दिएको छ ।
मेयर मंगलप्रसाद थारु संयोजक रहेको उक्त समितीको सदस्यहरुमा उपमेयर,सम्पूर्ण वडा सदस्य, ईलाका प्रसासन जितपुर, उद्योग वाणिज्य संघ, ससस्त्र प्रहरीबल, तथा नेपाल पत्रकार महासंघ पनि रहेको बताईएको छ ।
यता वडा नं. ८ का वडा अध्यक्ष गुणनिधी भुसालले वडाबासीलाई नगरपालिकाले गरेको निर्णय कार्यान्वयन गर्न आग्रह गर्नुभएको छ । मदीरा बेचविखन गर्दा र दिदा ध्यान दिन आग्रह गर्दै उहाले चाडवाडलाई नमुना तरिकाले मनाउनुपर्नेमा जोड दिनुभयो ।
यसैगरी वडा नं. ५ का वडा अध्यक्ष भिष्मराज भुसालले पनि चाडपर्वको बेला होहल्ला गर्ने, नियमभन्दा बाहिर गएर मदिरी बेचविखन गर्नेलाई कानुन अनुसार कारर्बाही हुने चेतावनी दिनुभएको छ । वडाले आजभन्दा एक साता पहिला मदिराजन्य पदार्थको बेचविखनमा कडाई गरिसकेको भन्दै नगरपालिकाले गरेको निर्णयलाई अक्षरक्ष पालना गर्न वडाबासीलाई उहाले आग्रह गर्नुभएको छ ।

प्रकाशित मिति : २८ आश्विन २०७५ आइतबार ००:००  २ : ०५ बजे