४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

वडाध्यक्ष गुणनिधि भुसालको उदाहरणीय काम, दीनदुखीलाई दिए राहत



मायादेवी अनलाइन, कपिलवस्तु ।
१५ बर्षदेखि बाणगंगा–८ बोडगाउँमा दुख पाएका एक असहाय व्यक्तिलाई वडा नम्बर ८ का वडाध्यक्ष गुणनिधि भुसालले राहत हस्तान्तरण गर्नुभएको छ ।
पुलचोक नजिकै सानो झुप्रो बनाएर बषौँदेखि निकै दुखजिलो जीवन भोग्दै आएका मामा थारु नाम गरेका गरिब र शारीरिक रुपले काम गर्न नसक्ने अवस्थामा रहेका व्यक्तिलाई आफूले सहयोग गरेको उहाँले बताउनुभयो ।
उनको त्यो दयनीय अवस्थाबारे थाहा पाए पछि आफूले खोज गरी सहयोग गर्न पाउँदा आफूलाई खुसी लागेको उहाँले बताउनुभयो । दशैँको बेला सबै रमाइरहँदा पीडित थारुको मुहारमा खुसी ल्याउन सहयोग गरेको बताउनुभयो । तत्कालको लागि उनलाई २० केजी चामल, नुन, तेल, तरकारी, लत्ताकपडा र केही दशैँ खर्च दिएको भुसालले मायादेवी अनलाइनलाई जानकारी दिनुभयो ।
नागरिकता पनि नभएको र उनको पारिवारिक अवस्थाबारे केही पनि प्रमाण नभएकाले उनको थप अवस्थाबारे पछि जानकारी लिएर लिने बताउँदै अध्यक्ष भुसालले उनले नागरिकता पाए नपाएको बुझ्ने र परिवार संग सम्पर्क गराउन आफूले पहल गर्ने बताउनुभयो ।

प्रकाशित मिति : १ कार्तिक २०७५ बिहिबार ००:००  १ : ०७ बजे