१ जेष्ठ २०८१, मंगलबार | Tue May 14 2024

नगरपालिकाको गुरुयोजना बनाउन बौद्धिक सम्मेलन ! किन यस्तो ?



शिवलाल सुवेदी, गुल्मी ।

गुल्मीको मुसिकोट नगरपालिकाको गुरुयोजना निमार्ण गर्न ३५ बुँदे घोषणा पत्र जारी गदै बौद्धिक सम्मेलन सकिएको छ । “कृषि, पर्यटन, पूर्वाधार र रोजगार मुसिकोट समृद्धिको आधार” लाई प्रमुख बनाएर अगाडि बढेको जिल्लको मुसिकोट नगरपालिकाले आयोजना गरेको बौद्धिक सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गदजै सकिएको हो ।

मुसिकोट नगरपालिकालाई समृद्ध र नमुना नगरपालिका बनाउन भन्दै आयोजना गरिएको वैद्धिक सम्मेलनमा मुसिकोटभित्र जन्मथलो भएर राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा कार्यरत विद्धान, विशिष्ट व्यक्तिहरु र यस नगरपालिकाको विकासमा अनवरत रुपमा लागेका विशिष्ट समाजसेवीहरु झण्डै दुई सय जनाको सहभागीता रहेको थियो । पाँच शिर्षक र नौ उपशिर्षक रहेको घोषणा पत्रमा समाजिक विकास, आर्थिक विकास, पुर्वाधार, वन वातावरण तथा विपद् व्यावस्थापन, सामाजिक सेवा तथा सुशासनका विविध पक्षलाई घोषणा पत्रमा समावेश गरिएको छ ।

घोषणापत्रमा प्राविधिक शिक्षा, रुद्रावति क्याम्पसमा स्नाकोत्तर संचालन साथै सार्वजनिक पुस्तकालाय र प्रविधीमैत्री शिक्षा संचालन गर्ने, ऐतिहासिक, धार्मिक र सास्कृतिक, पुराताविक महत्तका वस्तुहरुको संरक्षणका निम्ति विस्तृत बस्तुचित्र सहितको नगरस्तरीय संग्राहलय स्थापना गर्ने उल्लेख गरिएको घोषणा निर्माण समितिका सदस्य प्रा.डा. ज्ञान बहादुर थापाले बताए ।

त्यस्तै प्रत्येक वडामा सुविधा सम्पन्न स्वास्थ्य चौकी र वर्षमा कम्तीमा एक पटक विशेषज्ञ सेवा सहितको स्वास्थ्य शिविर र प्रत्येक विद्यालयहरुमा एक जना नर्सको व्यवस्था सहित नगरपालिकाभित्र कम्तिमा २५ शैयाको सुविधा सम्पन्न अस्पताल स्थापना गर्ने गरि घोषणा पत्र तयार गरिएको घोषणा पत्र तयारी समितिका संयोजक प्रा.डा. तारा प्रसाद सापकोटाले बताए ।

त्यस्तै घोषणा पत्रमा विभिन्न पर्यटकीय स्थलमा सडक संजाल जोडने, प्रत्येक वडालाई जोड्ने पक्की सडकहरु निर्माण गर्ने, उपयुक्त ठाँउमा एउटा सुन्दर बालमैत्री पार्क निमार्ण गर्ने तथा प्रत्येक वडामा साना बाल उद्यानहरु निर्माण गर्ने कुरा उल्लेख गरिएको छ ।

आर्थिक विकासका लागि एकगाँउ एक उत्पादनको अवधारणा लागु गर्ने, सामूहिक खेती लागु गरी खेतियोग्य जमिनको सदुपयोग गर्ने, उत्पादकत्व बृद्धि गर्नका लागि उपयुक्त ढंगले सिंचाई सुविधा उपलब्ध गराउने, कफि उत्पादनलाई आँपचौरबाहेक अन्य संभावित स्थानहरुमा विस्तार गर्ने, जेटि, जेटिएको सुविधा सहित कृषि तालिमको व्यवस्था गर्ने र अर्गानिक तरकारी तथा फलफूल उत्पादनमा जोड दिने गरि घोषणा पत्र तयार भएको नगरपालिकाका मेयर सोमनाथ सापकोटाले बताए ।

साथै स्थानीय कच्चा पदार्थमा आधारित लघु उद्योग स्थापना र जडिवुटिमा आधरारित एउटा औषधि उद्योग स्थापना गर्ने कुरा घोषणा पत्रमा समावेश गरिएको छ ।

दुई दिनसम्म चलेको बौद्धिक सम्मेलनमा सात बिद्यामा कार्यपत्र प्रस्तुत गरिएको थियो । पुल्चोक इन्जिनियरिङ्ग कलेजका प्राध्यापक डा. ज्ञानबहादुर थापाले मुसिकोट नगरपालिकाको सम्भावना र चुनौती, प्रध्यापक डा. जीवलाल सापकोटाले शिक्षा क्षेत्रको विकास, रसियामा अध्ययन गरेका इन्जिनियर विकास श्रेष्ठले जलस्रोत र उर्जा सामाजिक विकासका बारेमा रेडमोडल कलेजका प्रमुख खिमलाल पौडेलले कार्यपत्र प्रस्तुत गरेका थिए ।

अमेरिकी नियोक संस्थाका बरिष्ठ संयोजक कृष्णहरी सापकोटाले समृद्धिका आधार स्वास्थ्य क्षेत्रका पुर्वाधार, स्मार्ट सिटी अवधारणा र अभ्यासका बारेमा समाजशास्त्रका प्रध्यापक तथा अधिवक्ता रमेश काफ्ले र पुर्वाधार विकास र संस्थागत सुधारका बारेमा पुर्वाधार विकास बिशेषज्ञ राम बहादुर घिमिरेले कार्यपत्र प्रस्तुत हुन ।

मुसिकोट नगरपालिकाको समृद्धिका संभावना र चुनौतीको पहिचान गरी योजना निर्माणका लागि पृष्ठपोषण प्राप्त गर्न,. विद्यमान प्राकृतिक स्रोत, साधन र जनशक्तिको अधिकतम प्रयोग मार्फत नविनतम विकासका दृष्टिकोण प्राप्त गर्ने र शहरी विकास, स्वच्छ बातावरण र सुशासनको क्षेत्रमा गर्नुपर्ने नितीगत व्यवस्था तथा कार्यक्रमका बारेमा विभिन्न उपायहरु पत्ता लगाउने उदेश्य रहेको बौद्धिक सम्मेलन मुल आयोजक समिति संयोजक प्रकाश काफ्लेले बताए ।

बर्तमान देखि पुर्वमन्त्री र सांसदहरुको जमघट

मुसिकोटले आयोजना गरेको बौद्धिक सम्मेलनमा बर्तमानदेखि पुर्व मन्त्री र सांसदहरुको जमघट रहेको थियो । परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवालीले उद्घाटन गरेको बौद्धिक सम्मेलनको समापन पुर्व उपप्रधानमन्त्री टोप बहादुर रायमाझीले गरे । सम्मेलनको उद्घाटन गर्ने परराष्ट्रमन्त्री ज्ञवाली र समापन गर्ने पुर्व उपप्रधानमन्त्री रायमाझीले यो सम्मेलन अत्यन्तै महत्वपूर्ण र देशकै नमुना भएको बताए ।

उनीहरुले गुरुयोजना निर्माणको पुर्व सन्ध्यामा आयोजना गरिएको यो बौद्धिक सम्मेलन र घोषणा पत्रले समृद्ध मुसिकोट बन्नेमा आफुहरु विश्वस्त रहेको प्रतिक्रिया दिए । साथै यस्ता बौद्धिक सम्मेलन स्थानीय अरु सरकार, प्रदेश र केन्द्रिय सरकारले समेत गर्नुपर्नेमा जोड दिए ।

साथै ५ नं प्रदेशका सामाजिक विकास मन्त्री सुर्दशन बलालले यो सम्मेलन र घोषणा पत्रनै नगरपालिकाको अवको बाटो भएकाले ढुक्क र निर्धक्कका साथ ३५ बुँदा कार्यान्वयन गर्न आग्रह गरे । साथै कार्यक्रममा नवलपुरका संघिय सांसद तिलक महत, ५ नं प्रदेशमा बिशेषाधिकार समिति संयोजक कमलराज श्रेष्ठ, सांसदहरु खडग केसी र दिनेश पन्थी लगायतको सहभागीता रहेको थियो ।

वातावरण संरक्षणमा योगदान पुराउनेलाई पुरस्कृत

मुसिकोट नगरपालिका भित्रका वनजंगलहरुको उचित संरक्षण गर्ने र सालिमे दह, घाँकुर, करङखोला, ददल्का, उर्लेनीसम्मको जंगललाई जैविक विविधता संरक्षण क्षेत्र घोषणा गर्ने, वातावरण संरक्षणमा योगदान पुराउने व्यक्ति, समूह, संस्था र समुदायलाई वर्षेनी विश्व वातावरण दिवसका दिन पुरस्कृत गरिने छ ।

त्यस्तै प्राकृतिक प्रकोप तथा विपद व्यवस्थापनको लागि कम्तीमा दुई÷तीन वटा उपयुक्त स्थानमा तत्काल राहतस्वरुप अस्थायी बसोवासको व्यवस्था गर्ने, नगरपालिकामा एउटा दमकल र एम्बुलेन्स व्यवस्था गर्ने र बडिघाट खोलामा आवश्यक ठाँउमा तटवन्ध गरी खेतियोग्य जमीनको संरक्षण गर्ने गरि घोषणा पत्र तयार गरिएको छ ।

साथै घोषणा पत्रमा मुसिकोटबाट बसाँइसराई गरेर देश विदेशमा गएका विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका मुसिकोट बाँसीहरु बिच सम्पर्क विस्तार गरी एउटा विज्ञसूचि तयार गर्ने उल्लेख गरिएको घोषणा पत्र निर्माण समिति सदस्य प्रा.डा. जीवलाल सापकोटाले बताए ।

प्रकाशित मिति : ६ कार्तिक २०७५ मंगलबार ००:००  २ : ०० बजे