२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

चौथो नवलपरासी औद्योगिक व्यापार मेला लाग्दै



नवलपरासी ।

पश्चिम नवलपरासीको परासीमा आगामी मङ्सिर १३ देखि २३ गतेसम्म चौथो नवलपरासी औद्योगिक व्यापार मेला–२०७५ हुने भएको छ ।

उद्योग वाणिज्य सङ्घ नवलपरासीको आयोजनामा कृषि, पर्यटन, उद्योग, व्यापार एवं सूचना प्रविधिको बृहत् प्रदर्शनी सहितको मेला हुन लागेको हो । मेलामा विविध प्रकारका करीब २०० भन्दा बढी व्यावसायिक कक्ष रहनेछन् ।

मेलामा दुई लाख दर्शकले अवलोकन गर्ने तथा करीब रु पाँँच करोड बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको सङ्घका अध्यक्ष केशव भण्डारीले जानकारी दिनुभयो ।

नवलपरासी, रुपन्देही सहित छिमेकी भारतीय बजारबाट समेत दर्शक मेला हेर्न आउने सङ्घका महासचिव गिरिराज पाण्डले जानकारी दिनुभयो ।

धार्मिक, पर्यटकीयस्थलको चिनारी, संस्कृति झल्किने गरी जातजातिको वेशभूषाको झाँकी, कला, कृषि उपज, घरेलु, हस्तकला तथा लघु उद्यमका उत्पादनको सो मेलामा प्रदर्शनी गरिनेछ ।

प्रकाशित मिति : ८ कार्तिक २०७५ बिहिबार ००:००  ४ : २७ बजे