८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

भलवाडमा तीन दिने व्यवसायी योजना तर्जुमा गोष्ठि



बाबुराम रायमाझी, भलवाड ।

साना किसान कृषि सहकारी संस्था लिमिटेड वाणगंगा ९ भलवाडको आयोजनामा  आफ्नो संस्थाका संचालक समिति पदाधिकारी, लेखा समिति पदाधिकारी, अन्तर समूहका अगुवाहरुका लागि ३ दिने व्यवशायिक योजना तर्जुमा गोष्ठि भलवाडको सामुदायिक सभा हलमा सुरु भएको छ ।

संस्थालाई अगाडी बढाउन गोष्ठिमा संस्थाको भावी रणनिति, संचालन गोजना, वित्तिय योजना, वातावरण विश्लेषण जस्ता महत्वपूर्ण विषयमा साना किसान कृषि सहकारी संघ रुपन्देहीका प्रवन्धक रुम बहादुर थापाले प्रशिक्षण दिनु भएको छ ।

कार्यक्रम संस्थाका उपाध्यक्ष दुर्गा प्रसाद खनालको अध्यक्षता वडा न.९का वडाध्यक्ष ध्रुव वेल्वासेको प्रमुख आतिथ्यता नगर कार्यपालिका सदस्य केशरा गुरुङ्ग, वडा सदस्य भिम बहादुर पुन, नुमलाल थारुको आतिथ्यता रहेको कार्यक्रम संचालक समिति सदस्य विन्द्र गुरुङ्गको स्वागत र संस्थाका व्यवस्थापक मान कुमारी गिरीको सहजीकरणमा कार्यक्रम भएको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०७५ बिहिबार ००:००  ११ : ४४ बजे