२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

पाँचौ चन्द्रौटा महोत्सवको तयारी तीव्र, विभिन्न उपसमिति गठन



अराज सिहं बेल्बासे, चन्द्रौटा ।
कपिलबस्तु ब्यापार संघको आयोजनामा कृषि, प्रर्यटन, उद्योग–व्यापार र रोजगार आर्थिक समृद्धि आत्मनिर्भरताको मुल आधार भन्ने मूल नाराका साथ हुन लागेको पाँचौ चन्द्रौटा कृषि पर्यटन तथा औद्योगिक व्यापार महोत्सवकोे तयारीलाई तिव्रता दिएको छ । मेलालाइ सभ्य र भब्य रुपमा सफल पार्नको लागि २४ वटा उपसमिती गठन गरिएको त्यस्तै स्टेरिङग् कमिटी ३२ सदस्यिय सचिवालय सदस्य १३ सदस्यिय बनाइएको छ । मङसिर ६ गते बाट १६ गते सम्म सञ्चालन हुन लागेका चन्द्रौटा महोत्सवमा महोत्सव स्थल तथा तारबारको काम सुरु भएको छ ।
गतबर्षहरुमा सञ्चालन भएको स्थानमै यो बर्ष पनि महोत्सव हुन लागेको हो । २ सय ६० बढी स्टलहरु रहने र ९० प्रतिशत स्टलहरु बुकिङ भइसकेको स्टल सयोजक नवराज न्यौपानेले जानकारी दिनुभयो । साथै स्थानीय ब्ययापारीहरुको लागि स्टलका बिषेश छुटको पनि ब्यवस्था रहेको न्यौपानेले जानकारी दिनुभयो ।
कपिलबस्तुका पर्यटकिय क्षेत्रको प्रचारप्रसार तथा शिवराज नगरपालिका भित्र रहेका ब्रथिङ सेन्टरहरुलाई प्रति टिकट रु १ सहयोग गर्ने उदेश्यले महोत्सवको आयोजना गरिएको ब्यापार संघका अध्यक्ष महादेव पोख्रेलले जानकारी दिनुभयो ।
यो बर्ष मुख्य आर्कषकमा बालउद्यान, मौतका कुवा, रोटे पिङ जादुगर, कुस्ती खेल, पाँचौ डान्स आइडल, स्थानीय स्तरमा उत्पादित कृषि उत्पादन, हस्तकला जडिबुटीहरुको प्रदर्शनी, स्थानीय तथा राष्ट्रिय कलाकार हरुको बिजोड प्रर्दशनी, जिल्लाका प्रर्यटकिय एवम धार्मिक स्थलहरुको प्रचार प्रसार बिभिन्न भेषभुसा सहितको झाकी प्रर्दशनी, जिल्लाका प्रर्यटकिय एवम धार्मिक स्थलहरुको फोटो प्रर्दशनी लगायत बिषेशता रहेको सचिव गोपाल बन्जाडेले जानकारी दिनुभयो ।
हरेक बर्ष भएका महोत्सव भन्दा उकृष्ट महोत्सव हुने र बिज्ञान र प्रबिधिको समेत ब्यापक प्रयोग र बिभिन्न स्टलहरु यो महात्सवमा रहने सचिव बन्जाडेले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ११ कार्तिक २०७५ आइतबार ००:००  ३ : १९ बजे