८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026

सुदुर पश्चिम प्रदेशका सांसद सोडारीको सांसद पद धरापमा



कञ्चनपुर ।
सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रीबाट बर्खास्तमा परेका प्रदेश सांसद दीर्घ सोडारीको सांसद पद पनि जाने भएको छ । पद अनुकूलको आचरण नगरेको र पटक–पटक पार्टीको सुझाव अटेर गरेको भन्दै बर्खास्तीमा परेका सोडारीको सांसद पद पनि पार्टीको साधारण सदस्यबाट समेत निष्कासनमा परेसँगै धरापमा परेको हो ।
तत्कालीन नेकपा एमालेबाट निर्वाचित सोडारीलाई एकीकरणपछिको पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको हो । पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासनमा परेसँगै उनको पद के हुन्छ भन्ने जिज्ञासा उब्जिएको छ ।
राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३१ का अनुसार कुनै दलको तर्फबाट उम्मेदवार भएर निर्वाचित भएका सङ्घीय संसदको सदस्य, प्रदेशसभाको सदस्य वा स्थानीय तहको सदस्यले पदावधि कायम रहेसम्म जुन दलको उम्मेदवार भई निर्वाचित भएको हो त्यस्तो दल त्याग गर्न नसक्ने उल्लेख छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७५ बुधबार ००:००  ११ : ४१ बजे