८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026

नेविसंघको विवाद आज टुङ्गो लाग्दै



काठमाडौं ।

काङ्ग्रेस निकट भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घको विगत लामो समयदेखिको विवाद आइतबार टुङ्गो लाग्ने भएको छ ।

नेविसङ्घको केन्द्रीय कार्यसमितिको समयावधि आइतबार बेलुका सकिँदै गर्दा सानेपास्थित पार्टी कार्यालयमा शनिबार बसेको पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले विकल्पका रुपमा अर्को समिति निर्माण गर्ने वा अहिलेकै समितिलाई नै महाधिवेशनसम्म जाने गरी समय बढाएर जाने भन्नेबारे आइतबार टुङ्गो लगाउने निणर्य गरेको हो ।

“आइतबार २ बजे बस्ने बैठक अगाडि नेविसङ्घको महाधिवेशन सम्बन्धमा पार्टीका सहमहामन्त्री डा प्रकाशशरण महतको नेतृत्वमा गठित पार्टीले बनाएको निर्देशक समितिले विधानमा गरिनुपर्ने परिमार्जनलगायत अन्य विषयमा केही धारणा लिएर आउनेछ”, बैठकपछि पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले भन्नुभयो ।

शनिबार दिउँसो १ बजे बोलाइएको बैठक दिनभरि अनौपचारिक बसेर बेलुका मात्रै औपचारिकरुपमा शुरु भएको थियो । पार्टीका सभापति शेरबहादुर देउवा पार्टी कार्यालय पुग्दै गर्दा नेविसङ्घका नेताहरुले नाराबाजी गरेका थिए । पार्टीको केन्द्रीय कार्यसमितिको बैठक आइतबार अपराह्न २ बजे बस्नेछ ।

प्रकाशित मिति : २ मंसिर २०७५ आइतबार ००:००  ३ : ४१ बजे