३ पुस २०८२, बिहिबार | Fri Dec 19 2025

प्रकाशलाई सम्झिएर भावुक भए दाहाल



ललितपुर ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशवासीको माया र सद्भावले नै आफ्नो परिवार छिन्नभिन्न हुनबाट जोगिएको बताउनुभयो ।
छोरा प्रकाश दाहालको वार्षिक पूण्यतिथिका अवसरमा दाहाल निवास खुमलटारमा आयोजित प्रथम स्मृति सभामा उहाँले शोकलाई नयाँ शक्तिमा बदल्न देशवासीको साथ र सहयोगले मात्रै सम्भव भएको पनि बताउनुभयो ।
स्मृति सभामा बोल्दै गर्दा पूर्व प्रधानमन्त्रीसमेत रहनु भएका दाहाल भावुक हुनुभयो । उहाँले भन्नुभयो, ‘प्रकाशको निधनले हाम्रो परिवारलाई ठूलो क्षति त पुग्यो, तर देश अनि पार्टीलाई नै क्षति पुग्यो ।’
‘छोरालाई गुमाउनुपर्दाको असम्भव लाग्ने पीडा पनि हामीले सामना गर्यौँ’, उहाँले भन्नुभयो, ‘तर तपाईँहरुको उपस्थिति, सद्भाव अनि मायाले नै हामीले शोकलाई शक्तिमा बदल्न सक्यौँ ।’
छोरा प्रकाशजस्तै देशका हजारौ र लाखौ प्रकाशहरु प्रति हाम्रो जिम्मेवारी रहेको भन्दै उहाँले त्यसै अनुरुप देश निर्माणमा आफू निरन्तर लागिरहेको बताउनुभयो । जीवनमा आएको विभिन्न उतारचढावका बीच पछिल्लो समयमा प्रकाश एउटा परिपक्व व्यक्तिका रुपमा रहेको पनि प्रचण्डले बताउनुभयो ।

प्रकाशित मिति : ३ मंसिर २०७५ सोमबार ००:००  ७ : १२ बजे