८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

प्रधानमन्त्री ओलीले आज देखि विभिन्न मन्त्रालयको कार्यप्रगतिको समीक्षा गर्दै



काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबारदेखि विभिन्न मन्त्रालयको कार्यप्रगतिको समीक्षा गर्दै हुनुहुन्छ । उहाँले पहिलो दिन बुधबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रलय, शहरी विकास मन्त्रालय, कृषि तथा पशुपंक्षी, ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयलगायतका पूर्वाधार विकाससँग सम्बन्धित मन्त्रालयका मन्त्री तथा सचिवसँग छलफल गर्न लाग्नुभएको ओलीका प्र्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।
अहिलेको सरकारले पनि नागरिकको अपेक्षा अनुसारको काम गर्न नसकेको गुनासो बढेपछि प्रधानमन्त्री ओलीले मन्त्रालयको कार्य प्रगतिको समीक्षा गर्न लाग्नुभएको हो । उहाँले गएको असार महिनामा सबै मन्त्रालयले गर्ने प्रतिबद्धता गरेका कामको प्रगति विवरण बुझ्नुहुनेछ ।

प्रकाशित मिति : ५ मंसिर २०७५ बुधबार ००:००  ६ : ४३ बजे