शिवलाल सुवेदी, गुल्मी ।
गाउँपालिकाका वाढी पहिरो पिडितका लागि जग्गा खरिद गरिएको छ । जिल्लाको मदाने गाउँपालिकाले वडा नम्बर ३ का वाढी पहिरो पिडीतका लागि घर बनाईदिने भन्दै जग्गा खरिद गरेको हो ।
सालझण्डी ढोरपाटन सडक खन्ने क्रममा घरवास नै उठिवास भएपछि मदाने ३ सिर्सेनी पोखराका १८ दलित घरपरिवारहरुलाई घर निमार्ण गरिदिनका लागि गाउँपालिकाले नजिकै १५ लाख रुपैयामा जग्गा खरिद गरेर गाउँपालिकाको नाममा पास गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शुरेस भण्डारीले जानकारी दिए ।
अति गरिव विपन्न दलित बस्ती रहेको पोखराका १४ घरपरिवार पहिरोका कारण विस्तापित नै भएकाले उनीहरुको लागि गाउँपालिकाले साविक सिर्सेनी ६ का केशव प्रसाद अर्यालका नाममा रहेको कित्ता नम्बर ५१३, ५१४ र ५१५ वाटकाचौरमा करिव २२ रोपनी जग्गा खरिद गरेको भण्डारीले बताए । अर्यालका नाममा रहेको उक्त जग्गा गाउँपालिकाको प्रशासन शाखाका प्रमुख रिषिराम पोखरेलले गाउँ कार्यपालिकाको नाममा पास लिएका हुन ।
ढोरपाटन सडकले १४ दलित घर परिवार बर्षातको समयमा त्यहाँ बस्न नमिल्ने भएको छ भण्डारीले भने‘ जनता आवास पूर्वाधार कार्यक्रम अन्र्तगत डिपिआर गरेर एकै प्रकारका घर निमार्ण गरेर पिडीतहरुलाई छिट्टै हस्तान्तरण गर्ने हो ।’ प्रमुख प्रशासकीय अधिकृत भण्डारीका अनुसार १४ दलित घरपरिवार मध्ये २ घर परिवार भुकम्प पिडीत समेत रहेको बताए ।
यता पहिरोले घरवास उठिवास गराएपनि आफ्नो घर निमार्णका लागि गाउँपालिकाले जग्गा उपलब्ध गराउने भएपछि पहिरो पिडीतहरुमा खुसीयाली छाएको छ । जग्गा पास गरेको खवरले धेरै खुसी छौ पिडीत ओम बहादुर विकले भने’ अव असार साउनमा पानी पर्दा अरुको घर तथा विद्यालयमा वस्नु पदैन ।’ निर्वाचनको समयमा धेरैले सुरक्षित घरवासको ब्यवस्था मिलाईदिने आश्वसन दिएपनि अहिलेका जनप्रतिनिधी नै आफ्नो देउता भएको उनको भनाई रहेको छ । उनी जस्तै पहिरो पिडीत निरा विकका अनुसार पनि आफुहरुको सुरक्षित आवास निमार्ण हुने कुराले खुसीयाली छाएको बताईन ।
गाउँपालिकाले हामीहरुको घर बनाइदिनका लागि जग्गा पास गरेको खवरले धेरै खुसी लागेको छ उनी भन्छिन’ साच्चै सिहंदरवारको अधिकार गाउँमा आएजस्तो भएको छ ।’ उनले आफ्नो भोटको महत्व बुझेर आफ्नो समस्यामा मलम लगाएकोमा जनप्रतिनिधीलाई धन्यवाद समेत दिइन । गाउँपालिकाले सिर्सेनीका पहिरो पिडीतहरुका लागि एकीकृत नमुना वस्ती निमार्ण गरिदिने गाउँपालिका अध्यक्ष दान बहादुर केसीले बताए ।
हामीले धुर्मुस सुन्तली फाउन्डेशन लगायत अन्य सघ संस्थाहरु संग पनि सम्पर्क गरेका छौ अध्यक्ष केसीले भने’ २२ रोपनी जग्गामा १८ दलित पहिरो पिडीतहरुका एकै किसीमका घरहरु निमार्ण गर्ने हो ।’ उनका अनुसार भुकम्पले पनि असर नगर्ने, भान्सा कोठा, सुत्ने कोठा खानेपानी, शौचालय, सवैको ब्यवस्था मिलाएर घरहरु निमार्ण गरेर पिडीतहरुलाई छिट्टै हस्तान्तरण गर्ने योजना रहेको बताए ।
गाउँपालिका भित्र रहेका आम नागरिकहरुका समस्याहरु लगायत अन्य क्षेत्रका गुरुयोजनाहरु बन्दै छन उनी भन्छन‘ मेरो लागि केही आवश्यक छैन जति गर्न सकिन्छ यहाँका जनताहरुको प्रगति उन्नतिका लागि काम गर्ने हो, मदानेलाई नमुना बनाउने हो ।’
प्रतिक्रिया