२७ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025

प्रभु बैंकको सुठौली भन्सार नजिक एक्सटेन्सर काउन्टर उद्घाटन



अराज सिहं बेल्बासे, कपिलबस्तु ।

कपिलबस्तुको यशोधरा गाउँपालिकाको सुठौली भन्सारमा प्रभु वैंक लिमिटेडले एक्सटेन्सर (Extension) काउन्टर उद्घाटन गरेको छ  । कपिलबस्तुको दोस्रो ठुलो भन्सार रुपमा सन्चालन भएको सुठौलीमा एक्सटेन्सन काउन्टर भए पछि अब निरन्तर राजस्व जम्माको लागि प्रभु वैंक लिमिटेड काउटरबाट सम्पूर्ण कारोबार गर्र्र्ने सकिने प्रभु बैक शाखा बिजयनगरका प्रमुख आनन्द बस्नेतले जानकारी दिनुभयो । कार्यक्रममा सुठौली भन्सार प्रमुख तिर्थ पासवान, क्षेत्रिय प्रमुख सुनिल राना लगायतको उपस्थिति रहेकोे थियो ।

प्रभु बैंकको नेपाल भारत सीमामा रहेका ७ वटा भन्सार कार्यालयहरुमा काउन्टर स्थापना  भएको छ । यसै क्रममा नेपाल सरकारले केही समय अघि स्तरोन्नती गरेको नेपाल भारत सीमामा रहेका ७ वटा भन्सार कार्यालयहरुमा प्रभु बैंकले काउण्टर खोली बैंकिङ कारोवार शुरु गर्ने क्रममा कपिलबस्तुको सुठौली नाकामा पनि प्रभु बैंकले काउन्टर सञ्चालन गरेको बस्नेतले बताउनुभयो । यो काउन्टर खोले पछि राजस्व दाखिला गर्न मात्र सकिने छ । यद्यपी  बैंकिङ् कारोवार भने नहुने बैंकले जनाएको छ ।

नेपाल सरकारले केही समय अघि स्तरोन्नती गरेको झापाको भद्रपुर, सुनसरीको कोशी व्यारेज, सिरहाको ठाडी, महोत्तरीको जलेश्वर, नवलपरासीको महेशपुर, कपिलबस्तुको सुठौली र कैलालीको सति भन्सार कार्यालयहरुमा प्रभु बैंकले  काउण्टरहरु संचालनमा ल्याई सेवा प्रारम्भ गरेको छ ।

प्रकाशित मिति : १८ मंसिर २०७५ मंगलबार ००:००  ५ : ०१ बजे