१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

४२ वर्षपछि कपिलवस्तु आएका प्रधानन्याधिश मिश्र के भन्छन् ?



कपिलवस्तु ।
प्रधानन्यायधिश ओमप्रकाश मिश्रा ४२ बर्षपछि कपिलवस्तुमा आउनु भएको छ । कपिलवस्तु आगमनको क्रममा उहाँले बुद्धलेले प्रतिबादीत गरेको शान्तिको संदेश अदालतमा पनि प्रयोग गर्नु पर्ने आवश्यकता औल्याउनु भएको छ । मिलापत्रबाट नै शान्तिको अनुभुति हुने भएकाले यो कुरालाई अदालतमा पनि मुखरित गर्नुृ पर्नेमा उहाले जोड दिनुभयो ।

जिल्ला अदालत परिसरमा रहेको बार इकाई भवनको उद्घाट गर्दै उहाले मिलापत्रबाट शान्ति र सुदभाव बढने भएकाले अदालतमा यसको प्रयोगलाई बढाउदै लानु पर्ने बताउनुभयो । ४२ बर्ष पछि कपिलवस्तुमा आएका प्रधानन्यायधिश मिश्रले जनतालाई न्यायमा बिश्वास बढाउन बार र बेन्चको सुमधुर सम्बन्ध हनु पर्ने बताउनुभयो । बार र बेंचलाई जुम्लिया को सज्ञा दिदै उहाले न्यायमा सबैको पहुच बढाउन र बिश्वसनीयता अभिबृद्धिकालागि एकै क्षेत्रका ती दुई निकायबिच संस्थागत एकता हुनु पर्ने बताउनुभयो ।

न्यायपालिको साझा विकासकालागि कानुन ब्यवसायीहरु एकजुट हुनु पर्ने उहाँले बताउनु भयो । न्यायपालिका पनि समाजको एउटा अभिन्न अंग भएको भन्दै कहिलेकाही जन धारणाले न्यायमा प्रभाव पार्न सक्ने भन्दै उहाले यस तर्फ सजग रहनु पर्ने बताउनुभयो । मुलुकी ऐनलाई प्रतिस्थापन गरेको देवानी संहीताको कार्यान्वमया केही समस्याहरु आए पनि त्यो आफै समाधान भएर जाने उहाले बताउनुभयो ।
जिल्ला अदालतमा आउने बिभिन्न अडचन समाधान गर्न सवोच्च अदालतले संयन्त्र निर्माण गरेको उहाले बताउनुभयो । त्यो संयन्त्रले एक दुई दिन भित्रै समस्याको समाधान गर्ने गरेको उहाले बताउनुभयो ।

सो अवसरमा सर्वोच्च अदालतका मुख्यन्याधिश शारदा प्रसाद घिमिरेले न्याय प्रणलीलाई प्रभावकारी बनाउनु पर्ने बताउनुभएको थियो । उहाले न्यायलाई सबैको पहुचमा बढाउन न्याय क्षेत्रमा लाग्ने सरोकारवालाहरु एकबद्ध हुनु पर्ने बताउनुभयो । सो अवसरमा बरिष्ठ अधिवक्ता नरसिंह चौधरीले न्याय प्रणालीलाई समामेशी बनाउदै लानु पर्ने धारणा राख्नुभयो । बरिष्ठ अधिवक्ता सुधाकरण पाण्डेयले न्याय प्रणालीलाई अझ्र प्रभावकारी बनाउनु पर्ने बताउनुभयो । कार्यक्रममा बरिष्ठ अधिवक्ता मदन प्रसाद गुप्ता, जिल्ला न्यायधिश लोकजंग शाह, बारका जिल्ला अध्यक्ष नुर मोहोम्मद, उपाध्यक्ष बृजेन्द्र चौधरी लगातयले मन्तब्य दिएका थिए ।

प्रकाशित मिति : ७ पुस २०७५ शनिबार ००:००  १ : ३६ बजे