१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

टिप्परको ठक्करबाट कपिलवस्तुमा एक जनाको मृत्यु



दीपा महत ।
कपिलवस्तुमा टिप्परको ठक्करबाट एक जनाको घटना स्थलमै मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका १ बनकस जंगलमा लु १ ख ५४९५ नम्बरको टिप्परले ठक्कर दिदा अन्दाजी ८५ वर्षिय बृद्धाको मृत्यु भएको हो । दाङबाट बुटवल तर्फ जादै गरेको बसमा सवार वृद्धालाई बनकस जंगलमा पिसाब फेर्न जादा बाटो क्रस गर्ने क्रममा टिप्परले ठक्कर दिएको हो । ठक्कर दिने टिप्पर र चालक वडा प्रहरी कार्यलय चन्द्रौटाको नियन्त्रणमा छन् । मृतकको सनाखत हुन सकेको छैन । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ८ पुस २०७५ आइतबार ००:००  ६ : १० बजे