१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

बैरियामा वाणगंगा बजार विकास समिती गठन



मायादेवी अनलाइन, बैरिया ।

वाणगंगा नगरपालिका वडा नम्बर १ बैरियामा वाणगंगा बजार विकास समिती गठन गरिएको छ । स्थानीय बजारबासी, समाजसेवी, राजनीतिक दलका प्रतिनिधी तथा बुद्धिजीविको मंगलबार सम्पन्न भेलाले ११ सदस्यीय वाणगंगा बजार विकास समिती बैरिया गठन गरेको हो ।

समितिको अध्यक्षमा कविराज गौतम, उपाध्यक्षमा फर्सुराम पन्थ, सचिवमा भुवन न्यौपाने, कोषाध्यक्षमा पुस्पा घिमिरे पन्थी र सहसचिवमा सूर्यनारायण चौधरी रहनु भएको छ । समितिको सदस्यहरुमा विरेन्द्र श्रेष्ठ, खगेश्वर अधिकारी, विष्णु घिमिरे, टोपकला विसी, ईन्द्र बहादुर रास्कोटी, फुल कुमारी श्रेष्ठ र मिना नेपाल हुनुहुन्छ ।

भेलाले ५ सदस्यीय सल्लाहाकार समिती पनि गठन गरेको छ । सल्लाहकार समितिमा दधिराम भट्टराई, घनश्याम घिमिरे, उमानाथ पौडेल, डोलकराम घिमिरे र रामहरि नेपाल रहनु भएको छ भने समितीको संरक्षकमा वडा नम्बर १ का वडा अध्यक्ष बालकुमारी पन्त र कानुनी सल्लाहकारमा पोष्टराज गौतमलाई चयन गरेको छ ।

वाणगंगा नगरपालिकाकै सवैभन्दा पुरानो चहलपहलमा रहेको बैरिया बजारलाई थप व्यवस्थित गर्दै यसक्षेत्रको ब्यापार, उद्योग ब्यवसाय, यातायात, आर्थिक तथा सामाजिक विकास लगाएतका क्षेत्रमा वाणगंगा बजार विकास समितिले काम गर्ने समितिका सचिव भुवन न्यौपानले जानकारी दिनुभयो ।

 

प्रकाशित मिति : १० पुस २०७५ मंगलबार ००:००  १ : २१ बजे