१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

सोनावागढ उत्खननमा भेटिए गुप्तकालिन इँटा



अराज सिहं बेल्बासे, चन्द्रौटा ।
कपिलबस्तुको शिबराज नगरपालिका ३ मा रहेको ऐतिहासिक स्थल सोनवागढ क्षेत्रको उत्खननको काम सुरु भएको छ । लुम्बिनी बिकासको पुरातत्व बिभागले सोनावागढ क्षेत्रमा उत्खननको काम सुरु गरेको तेस्रो दिन सम्म बिभिन्न गुप्तकालिन इँटाहरु भेटिएका छन । तिनदिन देखि जारी उत्खननमा सतह माथीनै रहेको उत्खननको क्रममा बिभिन्न गुप्तकालिन इँटा तथा कलात्मक इँटाहरु फेला पेरको पुरातत्वविद हिमाल कुमार उप्रेतीले जानकारी दिनुभयो ।
उत्खननको क्रममा घोडाका मुर्ती, माटोको भाडोका टुक्राहरु फेला परेको र सातौ देखी नवौ शताब्दीका भंग्नावशेषाहरु फेला परेको पुरातत्वविद उप्रेतीले जानकारी दिनुभयो । उत्खननको क्रममा शिव मन्दिरहरुमा बनाइने शिबको वहान भेटिएको शिबराज नगरपालिका वडानम्बर ३ का वडा अध्यक्ष टेकलाल सापकोटाले जानकारी दिनु भएको छ ।
शिबमन्दिरको पश्चिम पट्टी हुने नन्दी भेटिए सँगै शिव लिङग समेत हुन सक्ने वडा अध्यक्ष सापकोटाले जानकारी दिनुभयो । मङ्गलबारबाट सुरु भएको उत्खन्न पौष २० गते सम्म रहने लुम्बिनी बिकास कोषका पुरातत्व अधिकृत कृष्ण बहादुर केसीले जानकारी दिनुभयो ।
सोनावागढ क्षेत्रमा करिव १५ सय बर्ष पुराना सिक्का हरु भेटिए पछि सोनावागढको पुरातात्विक महत्व, इतिहास र संरचनाको जानकारीका लागि उत्खनन गर्न लुम्बिनी बिकास कोष सँग पहल गरेको कपिलबस्तुका प्रदेश सांसद अर्जुन कुमार केसीले बताउनुभयो ।
संरक्षणको अभावमा मन्दिरमा रहेका पुरातात्विक धेरै बस्तुहरू चोरी भैसकेको छ । अहिले पनि सोनावागढ मन्दिर आसपास पुराना इँटाहरु प्रस्टै रहेका छन । परिक्षण उत्खन्न सुरु गरिएकोले यो चरणले कहिले देखी मानव कृयाकलाप सञ्चालन रहेको छ भन्ने बारेमा जानकारी मिल्ने पुरातत्व अधिकृत केसीले जानकारी दिनु भयो ।
उत्खननको समयमा तिलौराकोटमा रहेका अन्तराष्ट्रिय पुरातत्वविद हरुले समेत सोनावागढ अवलोकन गर्ने र उत्खननको प्रकृया सकिए पछि परिक्षण प्रकृया तथा रिपोर्ट जेठ सम्ममा आउने अधिकृत केसीले जानकारी दिनुभयो ।
कपिलबस्तुको प्रमुख धार्मिक स्थल सोनवागढ मन्दिरको उत्खनन पछि अझै यसको प्रचार प्रसार तथा प्रर्यटकको मन तान्ने प्रदेश सांसद अर्जुन केसीले जानकारी दिनुभयो । बुद्ध सँग सम्बन्धित रहेको अनुमान गरिए पनि बुद्ध सँग सम्बन्धित कुनै बस्तु फेला परेको छैन । उत्खननको क्रममा नन्दी फेला परे पछि प्राचिन समयको शिबमन्दिर हुन सक्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : १३ पुस २०७५ शुक्रबार ००:००  ३ : ४६ बजे