१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

तीन थान मोटरसाइकल सहित तीन युवक पक्राउ



दीपा महत, कपिलवस्तु ।
इलाका प्रहरी कार्यलय महाराजगंज कपिलवस्तुले भन्सार छली ल्याउदै गरेका ३ थान मोटरसाइकल सहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा यशोधरा गाउँपालिका ५ निवासी १८ वर्षिय आशिन खान, २३ वर्षिय धर्मराज यादब र भारत जिल्ला सिद्वार्थनगर बस्ने ३५ वर्षिय बहतिला मुसलवान रहेका छन् ।

कपिलबस्तु नगरपालिका ४ कोदहवा स्थित भारतबाट नेपाल तर्फ भन्सार छलि ल्याउदै गरेको युपि ५५ आर ३०८४, युपि ५५ एन ०८३४ र युपि १३ एल ८३०१ नम्बरका ३ वटा मोटरसाइकल सहित २१ बोरा युरिया मल पनि नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा लिईएको उक्त मल २५ हजार बराबरको रहेको र मोटरसाईकल १ लाख ५० हजार मुल्य बराबरको रहेको प्रहरीले जनाएको छ । उक्त सामानहरू भन्सार पठाउने पहल भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १३ पुस २०७५ शुक्रबार ००:००  ३ : ४७ बजे