१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

नेकपा बुद्धभूमि नगर कमिटीका नेताले खाए सपथ



मायादेवी अनलाइन, बुद्धभूमि ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पाटी (नेकपा) बुद्धभूमि नगर कमिटीको एक समारोहका बीच केन्द्रीय सदस्य गिरीधारीलाल न्यौपानेले सपथ ग्रहण गराउनु भएको छ ।
नेकपा एमाले र एकिकृत नेकपा माओवादी केन्द्र बीच पार्टी एकता भएपछि पहिलो पटक स्थानीय स्तरका नगर र गाउँ कमिटी समायोजन भएका छन ।
बुद्धभूमि नगर कमिटीलाई नेपाल कम्युनिष्ट पाटीका केन्द्रीय सदस्य एव प्रमुख अतिथी गिरिधारीलाल न्यौपानेले बुद्धभुमि क्याम्पस बरकलपुरमा आयोजित पहिलो बैठकमा सबै सदस्यहरुलाई सपथ ग्रहण गराउनु भएको हो ।
पार्टी एकिकरण पछि गठन भएको बुद्धभूमि नगर कमिटीमा पिताम्बर खनाल अध्यक्ष र मोहन केवट सचिव रहेको ८१ सदस्य नगर कमिटी गठन भएको छ । नगर कमिटीलाई नेकपाका केन्द्रिय सदस्य गिरिधारीलाल न्यौपानेले बधाई तथा शुभकामना दिदै नेकपाका सबै सदस्यहरुलाई पार्टी काममा लागि सरकारले अघि सारेका योजनाहरुलाई कार्यान्वय गर्न आग्रह गर्नु भएको छ ।
पार्टीका अर्की केन्द्रिय सदस्य विमला घिमिरेले वडा देखि केन्द्र सम्म नेकपाको सरकार रहेकोले हिजो पार्टीले गरेका प्रतिबद्धता र विकासका योजनाहरु कार्यान्वयन गर्न पाटी पंत्तिं एकजुट भएर लाग्नु पर्ने बताउनु भएको छ ।
यस्तै प्रदेश नं. ५ का पाटी कार्यालय सचिव बलराम अधिकारीले नेकपाको सरकारका लोकप्रिय कामवाट प्रतिपक्ष कांग्रेस डराएकोले जनतामा अनावश्यक भ्रम फिजाउने र हल्ला गर्ने गरेको प्रति सचेत रहेर प्रतिवाद गर्न आग्रह गर्नु भएको छ ।
यस्तै नेकपाका जिल्ला अध्यक्ष झविलाल पोखरेलले दुइ ठुला पार्टी एकिकरण भएकोले अव दुबै पार्टी विचका आपसी सद्भाव कायम गरि पाटी काममा लाग्न निर्देशन गर्नु भएको छ । साथै स्थानीय तहका विकास निमार्णका काममा पारदर्शी रुपमा लाग्न तथा योजना बनाई पाटीमा पेश गर्न आग्रह गर्नु भएको छ ।
यसै गरी जिल्ला सचिव रामचन्द्र शाह, नेता बाबुराम खनाल लगाएतले पार्टीका निति तथा कार्यक्रमहरुका वारे जानकारी गराउनु भएको थियो । कार्यक्रम नगर कमिटी अध्यक्ष पिताम्बर खनालको अध्यक्षता र सचिव मोहन केवटको संचालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : १८ पुस २०७५ बुधबार ००:००  ४ : ०० बजे